Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिसस स्याङ्जाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु, तीन जना घाइते


    बिहिबार, जेष्ठ २५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जिल्ला समन्वय समिति (जिसस) स्याङ्जाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधवार बेलुकी अर्जुनचौपारी गाउँपालिका-३ खोलेमा गाडी दुर्घटना हुँदा चालक वालिङ नगरपालिका-४ एलादीका अमृत खनालको मृत्यु भएको हो ।

    स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको गाडीमा सवार अन्य तीन जना घाइते भएका छन् । गाडीमा सवार समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएको प्रहरीले बताएको छ ।

    सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार