काठमाडाैं। देशका विभिन्न स्थानबाट भरूवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् । सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका-३ बगौचा बस्ने ६३ वर्षीय चन्द्र बहादुर पाख्रिनलाई भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी हरिहरपुरगढी र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले पाख्रिनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
सिन्धुलीकै कमलामाई नगरपालिका-१३ माथिल्लो रानिबाँस बस्ने ४७ वर्षीय केशव हायुलाई भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा धानको भकारीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
दार्चुलाकाे मालिकार्जुन गाउँपालिका-७ पासादेउ बस्ने ५८ वर्षीय केशर सिंह धामीलाई एकनाले भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले धामीको खुद्रा पसल नजिकै झाडीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend