काठमाडौँ । स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लिङगेटबाट एक जना पक्राउ परेका छन् । पाल्पा घर भई बिगत २० वर्षदेखि भारत लखनउमा बस्दै आएकी ४० वर्षीया राधा सारुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्री राधालाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानको लागि रकमसहित राजश्व कार्यालय बुटवल पठाइएको छ ।
यता पर्साको वीरगन्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको १ लाख ७३ हजार ९ सय भारतीय रुपैयाँसहित बारा कलैया उपमहानगरपालिका-१८ मोतिसर टोल बस्ने ५४ वर्षीय मेहीलाल प्रसाद साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनार्वाबाट खटिएको टोलीले भारत रक्सौलबाट वीरगन्ज बजारतर्फ आउँदै गरेको ना.२ प १११३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend