काठमाडौं । बागमती नदी सरसफाइ गर्ने र काठमाडौँलाई बस्न लायक सहर बनाउने नाममा उत्यकावासीले १५ वर्षदेखि निरन्तर कर बुझाउँदै आएका छन् । सो अवधिमा बुझाइएको १२ अर्ब रुपैयाँ केन्द्रीय बजेटमा गाभिएको पनि प्रयोजनका रकम उठाइयो सोअनुसार खर्च गरिएको छैन ।
उपत्यकाका बागमती, विष्णुमती, धोबीखोलालगायत नदीलाई सफा र सुन्दर बनाउने, ढल प्रशोधन गर्ने, पानी स्वच्छ बनाउने, नदीकिनारमा बाटो निर्माण गर्ने, पार्क बनाउने तथा उपत्यकालाई सफा र सुन्दर सहरमा परिणत गर्ने नाममा अहिलेसम्म १२ अर्बभन्दा बढी रुपैयाँ सर्वसाधारणबाट असुली गरिसकिएको छ । यसरी प्रदूषण नियन्त्रण, जलविद्युत् आयोजना निर्माण आदिका नाममा उठाइएको रकमको समेत समुचित उपयोग हुन सकेको छैन ।
१५ वर्षयता उपत्यकाका महानगरसहित १८ वटा नगरपालिकामा जग्गाको बेचबिखन तथा कारोबार गर्दा रजिस्ट्रेसनमा नियमअनुसार लाग्नेभन्दा शून्य दशमलव ५ प्रतिशत थप दस्तुर उठाउने गरिएको छ । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका अनुसार अहिलेसम्म सरसफाइका लागि १२ अर्ब २९ करोड ७७ लाख ८० हजार ३७४ रुपैयाँ उठिसकेको छ । तर प्रगति शून्य छ । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend