Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीले सरकरमा एकलौटी गरेको माधव नेपालको आरोप


    बुधबार, बैशाख २० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गरेका छन् । सुर्खेतमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    माओवादीको व्यवहारले मर्माहित भएको बताउँदै उनले कर्णालीमा पनि दम्भ र घमण्ड देखिएको बताए । अध्यक्ष नेपालले माओवादीले सरकरमा पनि एकलौटी गरेको आरोप लगाए ।

    उनले भने, ‘कर्णालीमा माओवादीको दम्भ र घमण्डले हाम्रा साथीहरू दुःखी हुनुहुन्छ ‌ । सरकारमा एकलौटी गरिएको छ । गठबन्धन टिकाउने कुरा भइरहँदा हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ । यसले धरापमा पर्नसक्छ । मैले मनको पीडा पोखेको हुँ ।’

    प्रचण्ड ओलीको शरणमा गएपनि त्यहाँ टिक्न नसकेर चुनावी गठबन्धनमै फर्किएको तर गठबन्धनको स्प्रिटअनुसार काम गर्न नसकिरहेको उनको टिप्पणी छ । देश र जनताको पक्षमा रहेर काम गरुन् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले सीमित साधन स्रोतको अधिकतम प्रयोग गर्न सुझाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार