Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपालको टिप्पणी – एमाले आफैँ समाप्त भएर जान्छ


    शनिबार, भाद्र १६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् । पार्टीको चाँगुनारायण नगर कमिटीले आज भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

    उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको दाबी गरे ।अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरूलाई समेत साथमा लिएर समाजवादको झन्डालाई बुलन्द गर्ने काम गरिरहेको बताए ।

    उनले पार्टीलाई सशक्त बनाउन आफूहरूले संगठन निर्माणको कामलाई तीव्रता दिएको समेत बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार