Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • कांग्रेसलाई अब कुनै गल्ती गर्ने छुट छैन : शेखर कोइराला


    मंगलबार, चैत्र ७ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनै पनि गल्ती गर्ने छुट नरहेको बताएका छन् । मंगलबार काठमाडौं आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई कुनै पनि गल्ती गर्ने छुट नभएको बताएका हुन्।

    नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुनु नहुने बताए । उनले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको उल्लेख गरे ।

    नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताए । उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र चल्न नसक्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार