काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो शीर्षस्थान कायमै राखेको छ। आइतबार राती भएको खेलमा आर्सनलले फुलह्यामलाई ३–० ले पराजित गर्दै शीर्षस्थान कायमै राखेको हो ।
सो जीतसँगै शीर्ष स्थानमा थप ५ अङ्कसहित आर्सनल उपाधिको होड कायमै राख्न सफल भएको छ । दोस्रो स्थानको सिटीसँगको अग्रता फराकिलो पार्न जित्नै पर्ने खेलमा आर्सनलले सो जीत हासिल गरेको हो ।
आर्सनलका लागि गाब्रियलले पहिलो हाफको २१ औ मिनेटमा पहिलो गोल गर्दै टीमलाई सुरुवाती अग्रता दिलाए। मार्टिनेलीले २६ औ मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदा तेस्रो गोल मार्टिन ओडेगार्डका नाममा रह्यो।
उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। आर्सनलको सो जीतमा तीनै गोलका लागि लिएन्ड्रो ट्रोसार्डले एसिस्ट गरेका थिए। यस जितसँगै शीर्षस्थानको आर्सनलको २६ खेलबाट ६६ अंक पुगेको छ । आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई ५ अंकले पछि पारेको छ । सिटीको ६१ अंक छ । पराजित फुलहम ३९ अंक जोडेर आठौँ स्थानमा छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend