Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिग च्याम्पियन म्यानचेस्टरद्वारा चेल्सी पराजित


    सोमबार, जेष्ठ ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जीत हासिल गरेको छ । लिग सकिनु अघि नै च्याम्पियन भएको म्यानचेस्टरले चेल्सी माथि १-० को जीत हासिल गरेको हो ।

    इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले पहिलो हाफको १२औँ मिनेटमा गरेको गोल नै निर्णायक हुन पुगेको थियो । लिग च्याम्पियन बनेको सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ ।

    यस जितसँगै सिटीको ३६ खेलबाट ८८ अंकसहित शीर्ष स्थानमा छ भने पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औँ स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार