काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्परबीचको खेल बराबरीमा टुंगिएको छ । बिहिवार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटेनहमले २–२ गोलको बराबरीमा आफनो खेल टुंग्याएका हुन् ।
लन्डनस्थित टोटेनहम हटस्पर स्टेडियममा भएको खेलको ७ औं मिनेटमा म्यानचेस्टरका जेडान सान्चोले सुरुवाती गोल हानेका थिए भने ४४औं मिनेटमा मार्कस रासफर्डले थप गोल गरे पछि म्यान्चेस्टरलाई पहिलो हाफमा नै २–० को सफलता मिल्न पुगेको थियो ।
तर, उसको सो सफलता भने लामो समयसम्म कायम रहन सकेन् । दोस्रो हाफको ५६ औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई २–१ को स्थीतिमा फर्काउन सफल भए भने ७९औं मिनेटमा कप्तान ह्यारी केनको पासमा ह्युङ मिन सनले गोल गर्दै खेललाइ बराबरीमा ल्याइदिए ।
त्यसपछि कुनै टिमबाट गोल हुन नसक्दा अन्ततः खेल २–२ को बराबरीमा रोकिन पुग्यो । यस खेलसँगै युनाइटेड ३१ खेलबाट ६० अंक बटुलेर चौथो स्थानमा रहेको छ भने दुई खेल बढी खेलेको टोटेनहम ३३ खेलबाट ५४ अंक बटुल्दै पाँचौं स्थानमा छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend