काठमाडौं । साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ । राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर बनेको नेपाली कांग्रेससहितको आठ दलीय गठबन्धनमा नेता व्यवस्थापनको चुनौती थपिँदै गएको हो ।
सत्ता गठबन्धनमा पछिल्लो समय बाबुराम भट्टराईले नेतृत्व गरेको नेकपा समाजवादी पार्टी (नेसपा) र प्रभु साह नेतृत्वको आम आदमी पार्टीसमेत सामेल भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न शनिबार बसेको बैठकमा साह नेतृत्वको आम आदमी पार्टी पनि सहभागी भएको हो । योसँगै गठबन्धनमा संसदीय र संसद् बाहिरका गरी १० दल पुगेका छन् ।
बाबुराम भट्टराईको नेसपा संसद्मा छैन । उता राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राष्ट्रपतिमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गरेर सरकारमा सहभागी हुने संकेत गरेको छ । गठबन्धनले जसपालाई उपराष्ट्रपतिको उम्मेदवारी दिने निर्णय गरेको थियो । तर, गठबन्धन भित्रबाट तीन जना उम्मेदवार बनेका छन् । यसले गठबन्धनमा भागबण्डाको किचलो शुरू भएको जनाउ गरेको छ । गठबन्धनको शनिबारको बैठकले समेत उपराष्ट्रपतिमा जसपाका उम्मेदवारलाई सघाउने गरी गठबन्धनको बैठकले निर्णय गरेको नेताहरूले दाबी गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend