काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलको कारोबार स्थिर रहेको छ ।बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। यसअघि मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
बुधबार युरोपियन युरोको भाउ ३८ पैसाले बढेको छ । आज युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४० रुपैयाँ ९ पैसा कायम गरिएको छ । मंगलबार भने युरोको खरिदमूल्य १३९ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य १३९ रुपैयाँ ७१ पैसा तोकिएको थियो ।
यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ८ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८० पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ २५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ८३ पैसाले यसको मूल्य घटेको हो । मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ४८पैसामा कारोबार भएको थियो ।
क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४१ पैसामा कारोबार भइरहेको छ। मंगलबार भने क्यानेडियन डलरको खरिदमूल्य ९६ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ५८ थियाे ।
कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ कायम गरेकाे राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर भने ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ तोकेको छ।
उता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा, मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ २४ पैसा र बिक्रीमा २९ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९ पैसा तोकिएको छ। आज बहराइन दिनार भने एकको खरिददर ३४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३८ पैसामा किनबेच हुनेछ ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend