काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९१ पैसा कायम गरिएको छ।
सोमबार एक युरोको खरिददर १४४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७३ पैसा तोकिएको छ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३४ पैसा कायम गरिएको छ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८१ र बिक्रीदर ८७ रूपैयाँ २० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ७० पैसा र बिक्रीमा ९८ रूपैयाँ १५ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९२ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रूपैयाँ १९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ १२ पैसा र बिक्रीदर २८ रूपैयाँ २५ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ३६ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend