काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि संघीय सांसद र प्रदेशसभाका सांसदका लागि अलगअलग मतदान केन्द्र तयार गरिएको छ । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न भोलि बिहीबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दुईवटा निर्वाचन केन्द्र निर्माण गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेशसभा सांसदका लागि मतदान गर्न अलगअलग मतदान केन्द्रको व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन् ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभा ५ सय ५० मतदाता छन् । निर्वाचनमा संघीय सांसदको मतभार प्रतिसांसद ७९ र प्रदेशसभाका सांसदको मतभार ४८ कायम गरिएको छ ।
निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सांसदको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend