Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति निर्वाचन आज, १० देखि ३ बजेसम्म मतदान


    बिहिबार, फाल्गुन २५ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको हो।

    सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्ने छन् । ‘बिहान १० बजे देखी मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन्, तीन बजे पछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन् ।’

    निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार