Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको विज्ञप्ति, प्रत्येक मतदाताको अभिमतको अवमूल्यनः गगन थापा


    आइतबार, जेष्ठ १ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन परिणाम आफू अनुकूल नआएपछि धाँधली र ‘बुथकब्जा’ भएको विज्ञप्ति निकालेको छ । एमालेले आइतबार निकालेको बिज्ञप्तिमा १७ ठाउँमा बुथकब्जा भएको दाबी गरिएको छ । एमालेले तीन चरणमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप पनि लगाएको छ ।

    एमालेले निर्वाचनकै दिन बैशाख ३० गते साँझ स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा निष्पक्ष रुपमा सम्पन्न भएको विज्ञप्ति निकालेर सबैलाई धन्यवाद दिएको थियो । बैशाख ३१ गतेबाट प्रारम्भिक परिणाम आउने क्रम सुरु भयो । जेठ १ गते बिहानसम्म एमालेको पराजयको परिणाम आउने क्रम बढ्दै गएपछि धाँधली भएको विज्ञप्ति निकालेको छ । 

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले निर्वाचनमा धाँधली भएको भन्दै विज्ञप्ति निकालेर मतदाताको अभिमतको अबमूल्यन गरेको आरोप लगाएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक  तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले) ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार