काठमाडौं । बाग्मती प्रदेशका सत्तारुढ दल नेकपा एमालेले विपक्षी गठबन्धनलाई ताजा जनादेशमा जान चुनौती दिएको छ ।
प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमालेका प्रदेशसभा सांसद रामेश्वर फुयाँलले विपक्षी गठबन्धनलाई ताजा जनादेशमा गएर जनताको विश्वास मापन गर्न चुनौती दिएका हुन् ।
एमाले नेतृत्वको सरकारले जनपक्षीय काम गरेको भन्दै उनले अहिले पनि जनताको विश्वास एमालेमाथि नै रहेको दाबी गरे । तर, विपक्षी गठबन्धनले लगाएको आरोप खण्डन गर्दै उनले भने, ‘म विपक्षी गठबन्धनलाई भन्न चाहन्छु, ताजा जनादेशमा जाऔँ र जनताको विश्वासको परीक्षण गरौँ ।’
बिहीबार जारी बैठकमा अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेको प्रस्तावमाथि छलफल भइरहेको छ । तर, माओवादी केन्द्र, कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपा सम्मिलित गठबन्धन सो प्रस्तावको विपक्षमा उभिएका छन् ।
उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेलले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन् ।
प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो ।
माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन् ।
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend