काठमाडौं । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाहरुको संगठन स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्षसमेत रहेका कैलाश खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गएको असोज २७ गते पक्राउ गरेपछि उनले राजस्व अनुसन्धान बिभाग र राजनीतिक शक्तिकेन्द्रमा करोडौं रुपैयाँ बुझाएर राजस्व छली र सम्पत्ति शुद्धीकरण अनुसन्धानबाट उन्मुक्ति पाउँदैआएको खुलासा भएको छ ।
खड्का पक्राउ परेको १ महिनापछि पूर्व श्रम तथा रोजगारमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, पूर्व श्रम मन्त्रालयका सचिव बिनोद केसी, बहालवाला सहसचिव राजीव पोखरेलसहितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गराउने निर्णय गर्ने तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलाई अहिलेसम्म पनि नियन्त्रणमा लिएको छैन ।
बंगलादेशी मूलका मलेसियन नागरिक अमिनसँग सेटिङ गरी ठूलो रकम लेनदेनका आधारमा तत्कालीन राज्यमन्त्री गुरुङले बायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा म्याक्रोटेकका कैलाश खड्काको सिन्डीकेटलाई ठगी गर्ने गरी निर्णय गरिदिएका थिए । अमिनकै सेटिङमा गुरुङले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको ठेक्का खड्कालाई दिएका थिए ।
खड्काको सेटिङमा बायोमेट्रिक स्वास्थ्य परीक्षणको शुल्क ६ हजार ५ सय रुपैयाँबाट ७ हजार ५ सय बृद्धि गर्ने तत्कालीन अर्का श्रममन्त्री शरदसिंह भण्डारीले गरेका थिए । पंचायतकालदेखि बहुदल हुँदै गणतन्त्रमा समेत गरी १८ पटक मन्त्री भएका शरदसिंह भण्डारीले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बृद्धि गरेका थिए । तर कैलाश खड्काको सेटिङमा स्वास्थ्य परीक्षण शुल्क बढाउने भण्डारी अहिलेसम्म पक्राउ परेका छैनन् । वालेन्द्र शाह सरकारका ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठका ससुरा भएकाले उनलाई जोगाउन लागिएको आशंका गरिएको छ ।
निर्णय गर्ने गुरुङ र शुल्क बृद्धि गर्ने भण्डारीलाई उन्मुक्ति दिएको सरकारले विगतका निर्णय कार्यान्वयन गर्ने पूर्वमन्त्रीद्वय कुँवर र रायका अलावा तत्कालीन श्रम सचिव एकनारायण अर्याल र बिनोद केसीसहितका उच्च अधिकारीलाई मात्र नियन्त्रणमा लिएको छ । जसलाई चयनमुखी अनुसन्धानको संज्ञा दिन थालिएको छ ।
त्यसो त बिगतका निर्णय कार्यान्वयन गर्ने तत्थ्कालीन श्रममन्त्री डोलप्रसाद अर्याल(हाल सभामुख) लाई पनि अनुसन्धानको दायरामा तानिन सक्ने स्रोत बताउँछ । उनी २ पटक श्रममन्त्री भएका थिए ।
मलेसियामा रोजगारीमा जाने नेपाली कामदारहरूलाई आर्थिक भार थप्नेगरी बढी पैसा लिएर ‘सिण्डीकेट’ चलाएको आरोपमा ब्यूरोले कैलाश खड्कामाथि अनुसन्धान गर्दै जाने क्रममा कुँवर र रायसहितका उच्च सरकारी अधिकारी पक्राउ गरिएको छ ।
बंगलादेशी मूलका नागरिक अमिनसँग मिलेर मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण ३७ वटा संस्थाले मात्र गर्न पाउनेगरी चर्को शुल्क लिंदै सिन्डीकेट कायम गरेर अरबौंपति भएका खड्काका बिरुद्ध राजस्व अनुसन्धान बिभागमा उजुरी परेको र छानबिन समेत भएको थियो ।
काठमाडौं । निर्वाचन प्रहरीको पोशाक खरिदका बारेमा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र आईजीपी दानबहादुर कार्कीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भइरहेका समाचार बारम्बार आइरहेका...
काठमाडौं । नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षकमा नियुक्ति भएको १५ दिनभित्रै डा. मनोजकुमार केसीले नेपाल प्रहरीका महत्वपूर्ण मानिने कर्मचारी प्रशासन, लेखा र प्रबन्धमा सेटै...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मन्त्रालयको जिम्मेवारी पाएदेखि रातदिन नभनी स्वास्थ्य क्षेत्रको सुधारका लागि उच्च मनोबलका साथ लागेको देखिन्छ ।...
काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको चमेना गृह ठेक्का प्रक्रियामा अनियमितता भएको खुलेको छ । प्रतिष्ठानको क्यान्टिन सुनिल क्यान्टिन तथा...
काठमाडौं । सामाखुसीस्थित सिटी स्क्वायर मलका संचालक रोशन भन्ने गुप्तलाल भूसालबिरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले पक्राउ पूर्जी जारी गरेको छ । बिभागले असोज अन्तिम साता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend