Nepal Face
  • शुक्रबार, ५ मंसिर २०८३
  • सुर्खेत कारागारभित्र १९ वर्षीया महिला बन्दी मृत फेला 


    शुक्रबार, मंसिर ५ २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुर्खेत कारागारभित्र एक महिला बन्दीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकी १९ वर्षीया संगिता शाही मृत भेटिएकी हुन् ।

    दैलेखको गुराँस गाउँपालिका–४ घर भएकी शाही कारागारको ५ नम्बर कोठामा बस्दै आएकी थिइन् ।

    प्रहरीका अनुसार उनी बिहीबार राति कारागारभित्रै झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराले शाहीको मृत्यु भएको पुष्टि गरेका छन् ।

    उनका अनुसार शाहीको मृत्यु झुन्डिएर भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । प्रहरीले घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार