काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन् । शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
‘निर्वाचन गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ तर त्यो सीमित छ’, सभापति थापाले भने, ‘निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ ।’
सभापति थापाले राजनीतिक दललाई चिन्दिनँ र मान्दिनँ भन्दै गर्दा अरू बेला सरकारको कामकारबाही चले पनि निर्वाचनमा त्यस्तो नचल्ने बताए । उनले निर्वाचनका बारेमा सरकारले दलहरूसँग संवाद गर्नुपर्नेमा जोड दिँदै भने, ‘निर्वाचनबारे संविधानले निर्दिष्ट गरेको व्यवस्था गरेको छ ।’
सभापति थापाले निर्वाचनको खर्च र समयबारे सरकारले नै दलहरूसँग छलफल गर्नुपर्ने र त्यसपछि दलहरूबीच सहमति जुटाउन कुराकानी हुने बताए । त्यस्तै, विदेशमा रहेका नेपालीहरूलाई मतदानका लागि कानुन टुंग्याउन सुझाव दिएको थापाले बताए ।
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। आयोगले शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका...
काठमाडौँ। सुर्खेत कारागारभित्र एक महिला बन्दीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकी १९ वर्षीया संगिता शाही मृत भेटिएकी हुन्...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयले...
काठमाडौँ। प्रहरीले हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई नियन्त्रणमा लिएको छ । गाउँपालिकाकै एम्बुलेन्स चलाउँदै आएका चंखेली गाउँपालिका-४, का पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा...
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend