Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • रविसँग आशिका तामाङको गुनासो : सीडीओ–एसपीले सांसदले भनेको टेरेनन्, गिटी–बालुवा तस्करी रोकिएन


    आइतबार, कार्तिक २३ २०८३
    45
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा हुने काम २ महिनामा पनि सरकारी कर्मचारीबाट नभएको भन्दै सामाजिक संजालमा गुनासो पोखेकी छन् । सांसदसँग केही अधिकार छैन, जिल्लाका कर्मचारी र प्रहरीका अधिकारीले २ दिनमा हुने काम २ महिनामा गरिदिंदैन, आशिकाको दुखेसो छ ।

    उनले खोलाबाट गिटी, बालुवा तस्करी नरोकिएको तामाङले गुनासो गरेकी छन् । सभापति लामिछानेले सीडीओ, डीएसपी, एसपी आफ्नै हातमा छ भने पनि कुनै पनि काम हुन नसकेकोमा उनले जनतालाई रिजल्ट तत्काल चाहिएको भए पनि त्यस अनुसार काम हुन नसकेको दुखेसो सामाजिक संजालमा पोखेकी हुन् ।

    तामाङले सामाजिक संजालमा लेखेकी छन्‘–पार्टी सभापति रबि दाइ भन्नुहुन्छ, धेरै सिट ल्याएर हामी उन्माद भयौं । ‘सीडीओ पनि हाम्रै हातमा छ, डीएसपी पनि अनि एसपी पनि’ अनि जो जति जाना आफ्नो हातमा आए पनि अब दुई दिनमा हुने काम दुई महिनामा पनि नगरिदिने सांसदसँग आफू एक्लैले गर्न पनि अधिकार छैन ।

    लौ न छिटो काम गरिदिनुपर्यो भनेर नरम बोली बोल्दा नि ‘हस हजुर’ किन काम ढिलासुस्ती गरेको भनेर रिसाएर भन्दा नि ‘हस हजुर’  !! खोला झर्दा अझै गिटी, बालुवा तस्करी रोकिएको छैन । पहाड जाँदा ढुङ्गा चोर्न ठेकेदारले छोडेको छैन । बाटोमा सवारी चलाउँदा गाडी चिप्लेर लड्न अझै छोडेको छैन १ जनतालाई चाहिएको छ आजको भोलि रिजल्ट अनि हरेक दिन हामी सांसदहरूले भोगिरहेको छौँ मात्र ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार