Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • चुडालले साढे तीन महिनामै ११ अर्ब ४५ करोड राजस्व सङ्कलन गरे, पुरस्कृत हुनुपर्नेमा ६ महिनामै सरुवा भए


    आइतबार, कार्तिक १६ २०८३
    205
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • मुस्ताङ । भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको अवस्थामा संचालनमा रहेको नेपाल–चीनबीच सामान आयात निर्यात हुने मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको साढे तीन महिनामै रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व संकलन गरेको छ ।

    चालु आर्थिक वर्ष २०८३–०८४ मा ९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको मुस्ताङ भन्सार कार्यालयले कात्तिक १३ गतेसम्म लक्ष्यभन्दा रु. २ अर्ब ४५ करोड ४७ लाख बढी राजस्व संकलन गर्न सफल भएको छ ।

    साढे तीन महिनामा लक्ष्यभन्दा करिब साढे २ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक बिदुर चुडाललाई सरकारले पुरस्कृत गर्नुपर्नेमा ऐन नियमबिपरीत सरुवा गरेको छ । र, बिचौलिया ब्यापारीको सेटिङमा उपसचिव अनन्तप्रसाद तिम्सिनालाई मुस्ताङ भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकका रुपमा सरुवा गरेको छ ।

    यो पनि पढ्नुहोस् :

    बिचौलिया ब्यापारीको प्रभावमा भन्सारका डीजी, तस्करी रोक्ने मुस्ताङ भन्सारका हाकिम ६ महिनामै फालिए

    गएको असोज २३ गतेको सरुवामा चुडाललाई जनकपुर भन्सार कार्यालयको प्रमुखमा खटाइएको छ । जबकि कुनै पनि कर्मचारीलाई २ बर्षसम्म सरुवा गर्न नपाउने ब्यवस्था निजामती सेवा नियमावलीमा गरिएको छ ।

    भन्सार बिभागमा दोहोरिएर महानिर्देशक भएका यमलाल भूसालले ब्यापारी मेख गुभाजुको सेटिङमा अर्थमन्त्रालयका सचिव घनश्याम रेग्मीलाई समेत कन्भिन्स गरी तस्करी रोकी राजस्व उल्लेख्य संकलन गर्ने भन्सार प्रमुख चुडाललाई मुस्ताङ भन्सारबाट सरुवा गरेको आरोप छ । मेख गुभाजुको सेटिङमा कैलाली भन्सारको प्रमुख भन्सार प्रशासकबाट अनन्तप्रसाद तिम्सिनालाई मुस्ताङमा सरुवा गराइएको स्रोतको दाबी छ ।

    चुडालले भन्सार नाकामा कडाइपूर्वक चेकजाँच गरेपछि भेप तस्करी बन्द भएको थियो । जसका कारण विगतमा रमेश खड्का भन्सार प्रमुख हुँदा भेप तस्करी गर्दैआएको समूह पनि उनलाई सरुवा गराउन लागेको थियो ।

    मुस्ताङबाट सामान आयात हुने क्रम सुरु भएपछि भन्सार प्रमुख भएका खड्काको कार्यकालमा केही ब्यापारीले नेपाल हुँदै भारततर्फ भेप तस्करी गरी अकूत कमाएका थिए । भेप तस्करीमा अथाह लाभ लिएको सो समूहले समेत चुडालको सरुवा गराउन र तिम्सिनालाई मुस्ताङ भन्सारको प्रमुख बनाउन भूमिका खेलेको बताइन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार