Nepal Face
  • आइतबार, ११ असोज २०८३
  • सम्पत्ति शुद्धीकरणबाट बच्न वीरेन्द्रलालको नयाँ जुक्ति, पीडित बनेको नाटक गर्दै जोगिने चलखेल


    आइतबार, असोज ११ २०८३
    905
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार मिटरब्याजीमाथि कडा कारबाहीमा उत्रिएको छ । सरकार एक्सनमा उत्रिन लागेपछि मिटरब्याजका नाइकेहरु एकपछि अर्को फरार छन् । कुनै बेला कालो मिटरवाला टेम्पु चलाउने वीरेन्द्रलाल श्रेष्ठले ५० को दशकदेखि मिटरब्याजको धन्दा सुरु गरी काठमाडौंमै बीसौं घर गुण्डागर्दी र तर्साएर कब्जा गरी हडपेका थिए । मिटरब्याजबाट अरबपति हुनेमा वीरेन्द्रलाल अग्रपंक्तिमा पर्दछन् ।

    वीरेन्द्रलालले मिटरब्याजमा लाख दिएर बन्दुकसमेत देखाई तर्साएर जबर्जस्ती करोड असुली गरी कमाएको रकम दुबईमा रेष्टुरेन्टदेखि बिभिन्न ब्यवसायमा लगानी गरेको स्रोत बताउँछ । उताबाट आएको देखाएर सम्पत्ति बैध बनाउन खोजेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।

    प्रहरीका उच्च अधिकारीको रकम लिएर मिटरब्याजमा लगाउने नाइके वीरेन्द्रलाल श्रेष्ठलाई रास्वपा सरकारले खोजी गरेपछि उनी फरार भई बिदेशमा पुगेका छन् । वीरेन्द्रलालले पहिलादेखि सम्बन्ध रहेका प्रहरीका अधिकारीसँग सेटिङ मिलाएर केही दिनअघि नेपालमा आई कालिन्चोक घुम्न गएको भिडियोसमेत आएको छ । तर फरार रहेका उनी काठमाडौंमा आएर दोलखाको कालिन्चोक पुग्दा पनि पक्राउ पर्नबाट जोगिएका थिए ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको सूचना प्रहरीबाटै चुहिएपछि केही महिनाअघि वीरेन्द्रलाल श्रेष्ठले नेपाल छाडेका थिए । विदेशमा फरार भएपछि वीरेन्द्रलालले सम्पत्ति शुद्धीकरण र प्रहरी कारबाहीबाट जोगिन विभिन्न व्यक्तिलाई मुद्दा मिलाइदिनुपर्यो, प्रधानमन्त्री कार्यालयलाई मिलाइदिन पर्यो भन्दै आफैं अडियो रेकर्ड गरेर उल्टै पीडित बनेको नाटक गरिरहेका छन् । उनी फरार भए पनि प्रहरीमा श्रीमतीमार्फत् चलखेल गरेर पीडितको नाटक गर्न थालेपछि यो कुरा बाहिर आएको हो ।

    क्यासिनोमा जुवा हार्नेलाई १ लाखको एक दिनमा १ हजार रुपैयाँसम्म ब्याज असुली गर्दै मिटरब्याजको धन्दामा आएका थिए वीरेन्द्रलाल श्रेष्ठ । क्यासिनोमा हारेकाहरुलाई एक लाखको दिनको १ हजार रुपैयाँसम्म ब्याज लिनेगरी मिटरब्याजमा पैसा लगानी गरेर काभ्रेका बीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा, अरुण सेढाईहरु रातारात करोडौं हुँदै अर्बपति भएका व्यक्ति हुन् ।

    पचासको दशकको अन्तिमदेखि ७० को दशकमा उच्च प्रहरी अधिकृतकै संरक्षणमा वीरेन्द्रलालले मिटरब्याजको धन्दा गरेका थिए । ४० लाख ब्याजमा दिएर ४ करोडको घर बलजफ्ती पास गराउन लगाउने गरेको आरोप पनि उनीमाथि लागेका थिए । उच्च प्रहरी अधिकृतको रकम बीरेन्द्रलालले मिटरब्याजमा लगानी गर्ने गरेका थिए । प्रहरी अधिकृतको रकम लिएर ब्याजमा लगाउने गरेकाले उनीहरुकै नाम लिएर तर्साएर असुल्ने गरेका थिए । प्रहरी उच्च अधिकारीहरुसँगको साँठगाँठ र लाइसेन्स प्राप्त हतियारको आडमा श्रेष्ठसहितले मिटरब्याजको धन्दा चलाउने गरेका थिए ।

    प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयमा धेरै उजुरी परेपछि सम्पत्ति शुद्धीकरण र मिटरब्याजमा छानबिन गर्नका लागि सरकारले श्रेष्ठको खोजी सुरु गरेपछि उनी फरार भएका थिए । पक्राउ पर्नसक्ने भएपछि उनी स्थलमार्ग हुँदै भारततर्फ पुगेका थिए । तर उनी मोवाइल अफ गरी केही प्रहरी अधिकृतहरुसँग ह्वाट्सएप र भाइबरमार्फत् सम्पर्कमा रहेको पनि स्रोत बताउँछ । ८ बर्षअघि २०७५ जेठमा तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाले हतियारको आडमा धम्क्याएर मिटरब्याजमा लगानी गर्नेबिरुद्ध अप्रेशन नै चलाएको थियो । वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा ‘बले’, आङकाजी शेर्पासहितबाट महाशाखाले हतियारसमेत बरामद गरेको थियो ।

    क्यासिनोमा लगानीसमेत गरेका वीरेन्द्रलालले ‘पोइन्ट टु’ बन्दुक राख्न स्थानीय प्रशासनबाट लाइसेन्स लिएका थिए । उच्च प्रहरी अधिकारीसँगको साँठगाँठमा मिटरब्याजको कारोबारमात्र होइन, लाइसेन्स प्राप्त हतियारको आडमा गुण्डाराज चलाएका दर्जनौं उजुरी प्रहरी कार्यालयहरुमा पुग्थे । तर उनी पक्राउ पर्नबाट जोगिंदै मिटरब्याजको धन्दा गर्दैआएका थिए ।

    बीरेन्द्रलालले कुनै बेला गुन्डा लगाएर जग्गा प्लटिङमा समेत गुण्डागर्दी गरी तर्साएर हिस्सा लिने गरेको आरोप लागेको थियो ।  सीआईबीले मिटरव्याजको धन्दा चलाउने वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा, अरुण सेडाई, तेजेन्द्र गुरुङ, काभ्रेली समूहका छोटा डन बिष्णु लामा, दावा लामा, अजय श्रेष्ठ लगायतको अबैध सम्पत्तिमाथि छानबिन थालेको थियो । तर पाँच डनको मुद्दा मात्र सम्पत्ति शुद्धीकरण विभागमा दर्ता गरी अरुलाई उन्मुक्ति दिइएको थियो । विगतमा वीरेन्द्रलाललाई जोगाउने काममा अर्का ठूला मिटरब्याजी प्रभुशमशेर राणाको पनि भूमिका रहेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार