बिराटनगर । सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर ६ सय ५० वटा जोखियुक्त ठाउँहरुमा ११ हजार ७ सय भन्दा बढी जनशक्ति उच्च सतर्कताका साथ परिचालन अवस्थामा राखेको छ ।
सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य प्राकृतिक विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै देशभर व्यापक पूर्वतयारी तथा परिचालन योजना तयार गरी कार्यान्वयमा ल्याउनुकासाथै थप जनशक्ति र उद्धार सामग्रीहरूको प्रभावकारी व्यवस्थापन समेत गरेको छ ।
जसअन्तर्गत २ हजार ६० जना विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिका साथै १ सय ३३ जना गोताखोर, २ सय २४ जना रोप रेस्क्यु लगायत उच्च भू–भाग खोज तथा उद्वार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु प्रत्यक्ष रूपमा खटिएका छन् ।

यसका अतिरिक्त डुवानमा परेकाहरुको उद्धारको लागि १ सय ३ वटा र्याफ्ट बोट, ५८ वटा मोटर बोट समेत तयारी अवस्थामा राखिएको हो । खोज तथा उद्धार कार्यलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउन ३० वटा तालिमप्राप्त के–नाइन डग स्क्वाड र ५ वटा विशेष ड्रोनहरू इयरमार्क गरी परिचालनको लागि तयारी अवस्थामा राखिएको छ ।
जोखिमयुक्त क्षेत्रमा विपद्बाट सडक अवरोध भएमा तत्काल हटाउन वा खुलाउन तथा हेभी रेस्क्युका लागि विपद् जोखिमयुक्त नदी करिडोरहरू र प्रदेशस्थित वाहिनी मुख्यालयहरूमा ह्विल लोडर, क्रेन र एक्साभेटर जस्ता हेभी इक्यूपमेन्टहरू तयारी अवस्थामा राखिएको छ । त्यस्तै उच्च जोखिममा रहेका सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशुली, नारायणी, बाग्मती नदी तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते, नख्खु लगायत खोलाहरुमा आवश्यक उद्धार सामाग्रीसहित विपद् व्यवस्थापन जनशक्ति तयारी हालतमा राखिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले र्याफ्ट एशोसिएसन सँगको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशमा थप १०र१० वटा र्याफ्ट बोटहरू पूर्वतयारी अवस्थामा राख्ने योजना समेत रहेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा आवश्यकता अनुसार तत्काल अन्य थप जनशक्ति समेत परिचालन गर्ने गरी रणनीति तयार गरिएको छ ।
भारी वर्षा र बाढी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले असोज ९ देखि ११ गतेसम्म जोखिमयुक्त नदी तटिय क्षेत्रहरुमा बसोवास गर्ने वासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन माईकिङ् गर्नुकासाथै सडक मार्गहरूमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा उच्च सतर्कता अपनाउन सर्वसाधारण नागरिकहरूलाई विशेष अनुरोध समेत गरेको छ ।
बिपदजन्य सचेतनाका लागि झापामा सशस्त्र प्रहरीको माइकिङ तथा उद्वार तयारी
मेची नदी, कनकाई नदी, रतुवा नदी र बिरीङ खोला आदी आसपासमा रहेका गाँउवस्तीहरुमा विपद्जन्य सचेतना तथा उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले माइकिङ गरेको छ ।
बिपद् व्यवस्थापन खोज तथा उद्वार कार्यहरुको प्रक्रियालाई सु–ब्यवस्थित, छिटो तथा प्रभावकारी बनाउन ट्रयाकिङ गर्न र अभिलेख राख्नको लागि प्राकृतिक बिपत्ति तथा उद्वार कार्यमा सो गण सक्रियतासाथ निरन्तर जुटिरहेको छ ।

पूर्वसूचना, तत्काल उद्धार, खोलाको नियमित निगरानी, जोखिमयुक्त खोला तथा नदीको जोखिम नक्साङ्कन तयार गरी, नियमित पेट्रोलिङ गर्ने, पुल, तटबन्धन, कमजोर किनारा, बस्ती र डुबान हुनसक्ने स्थानमा विशेष निगरानी गरिंदै आएको छ ।
त्यस्तै पानीको सतह, बहावको तीव्रता र तटबन्धको अवस्थाबारे अब्जरभेशन रेकर्ड राखि सम्भावित जोखिम देखिएमा तत्काल युनिटमा सूचना आदानप्रदान तथा उद्वार कार्यमा जुटिरहको छ । जसले गर्दा सशस्त्र प्रहरी बल नेपाल आम जनमानसमा विश्वास दिलाउन सफल भएको छ ।
काठमाडौं । भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक बर्षा हुनसक्ने पूर्वानुमानपछि सबै...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ अबैध हुन्डीमार्फत् कारोबार गर्ने धरान...
काठमाडौं । एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनीत गरेको छ। आज बसेको सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बहाम्फे, लालबाबु पण्डित,...
काठमाडौँ । नेपाली काँग्रेसले आगामी १५औँ महाधिवेशनका लागि लोगो र नारा सार्वजनिक गरेको छ। काँग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको लोगो सार्वजनिक गर्दै त्यसको नारासमेत सार्वजनिक...
चितवन । अविरल वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानको विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend