Nepal Face
  • आइतबार, ३१ साउन २०८३
  • राज्यका दृष्टिमा सबै धर्म बराबर छन्, देउवा बर्बराउनु बुढेसकालको समस्या : उषाकिरण तिम्सिना


    आइतबार, साउन ३१ २०८३
    65
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले) की नेतृ उषाकिरण तिम्सिनाले सबै धर्म राज्यका दृष्टिमा बराबर हुने ब्यवस्था संविधानमा भए पनि पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले आज हिन्दू हुँ भनेर गरेको भाषण उनको बुढेसकालको समस्या भएको बताएकी छन् ।

    उनले देउवाले हाम्रो संविधानको हेक्का नराखी बोलेको उल्लेख गर्दै संविधानमा सबै धर्म मान्ने नागरिक राज्यका दृष्टिमा बराबर हुन् र धर्म ब्यक्तिको हुन्छ, राज्यको हुँदैन भन्ने कुरा स्मरण गराएकी छन् ।

    तिम्सिना सामाजिक संजालमा लेख्छिन्–‘देउवाजीको आजको भाषणको छोटो क्लिप हेरेपछि लाग्यो, बुढेसकाल वास्तवमै अप्ठ्यारो अवस्था हो । उहाँलाई थोरै हेक्का हुनुपर्ने हो कि हाम्रो संविधानले सबै धर्म मान्ने नागरिक राज्यका दृष्टिमा बराबर हुन् र धर्म व्यक्तिको हुन्छ, राज्यको हुँदैन । संविधानमै उल्लेख गरिएको धर्मनिरपेक्षता राज्यका प्रधानमन्त्री भइसक्नुभएका व्यक्तिले जसरी बरबराउनुभएको छ, यो समस्या बुढेसकालको पनि हो ।

    बुढेसकाल स्वास्थ्यले साथ दिएसम्म आफूलाई आफैँ साक्षी राखेर आफ्नै मूल्याङ्कन गर्ने समय पनि हो । कतिपय जान नपाएका ठाउँहरू जाने, भेट्न नपाएका मानिसहरू भेट्ने समय पनि हो ।

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू, बुढेसकाल तनावमुक्त भएर बिताउनुस् । तपाईंले गर्नसक्ने योगदान गर्नुभयो । जसप्रति मानिसहरूले प्रश्न गरेका छन्, प्रश्न नहुने कुरै भएन । त्यसबापत तपाईंले जति प्राप्त गर्नुभयो, त्यो पर्याप्त हो । जसप्रति तपाईंको गुनासो रहनुपर्ने छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार