काठमाडौं । नेकपा(एमाले)ले पार्टीका नेतृहरु बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको कारबाही ६ महिना पुग्न लाग्दा पनि फुकुवा गरेको छैन । पाण्डे र तिम्सिना निलम्बित छन् । पाण्डे र तिम्सिनालाई निलम्बन गरेको आगामी असार १० गते ६ महिना पुग्दैछ । दुबै नेतृलाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको थियो ।
भ्रष्टाचार र करछलीमा मुद्दा चलिरहेका भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट जग्गा र भवन दान लिनु नहुने भन्दै पाण्डे र तिम्सिनाले बिरोध गरेका थिए । पार्टीले मीनबहादुरबाट दान लिएको बिषयमा सार्वजनिक रुपमा बिरोध गरेकाले दुबै नेतृलाई गएको माघ १० गते ६ महिनाका लागि कारबाही गरेको थियो ।
केही समयअघिको बैठकमा एमाले महासचिव शंकर पोखरेलले पाण्डे र तिम्सिनाको कारबाही फुकुवा गर्न प्रस्ताव लगे पनि सो दिन निर्णय भने गरेन । त्यसपछिका बैठकमा पार्टीले उनीहरुको निलम्बन फुकुवा गरेको छैन ।
एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले आफूहरुमाथि पार्टीले गरेको कारबाहीका बारेमा शनिबार सामाजिक संजालमा लेखेकी छन्–हाम्रो पार्टीले हामी (बिन्दा दिदी र मलाई) लाई ६ महिना निलम्बन (कारबाही) गर्ने बारे धेरैले स्पष्ट नबुझ्नुभएको जस्तो लागेकोले स्पष्ट पार्न चाहेँ ।
पदाधिकारी (सचिवालय) कमरेडहरुका अनुसार गत एउटा बैठकमा महासचिब कमरेडले कारबाही फुकुवाको प्रस्ताब लग्नु भएको तर त्यस दिन समय अभावले यसबारे निर्णय भएन । त्यस पछाडि फेरि बसेको बैठकमा प्रस्ताव नै गएन ।
गत बैशाख २ गते पार्टी अध्यक्ष कमरेडले बिन्दा दिदीसँग भेट्नुभएको हो, कारबाही फुकुवा भएको भने होइन । र, अब आउने महिना असार १० गते हामीलाई कारबाही गर्ने भनेर गरिएको निर्णय अबधि ६ महिना पुूरा हुनेछ ।’
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend