Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • ६ महिना पुग्नै लाग्दा पनि बिन्दा पाण्डे र उषाकिरणको कारबाही फुकुवा भएन


    शनिबार, जेष्ठ १७ २०८२
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)ले पार्टीका नेतृहरु बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको कारबाही ६ महिना पुग्न लाग्दा पनि फुकुवा गरेको छैन । पाण्डे र तिम्सिना निलम्बित छन् । पाण्डे र तिम्सिनालाई निलम्बन गरेको आगामी असार १० गते ६ महिना पुग्दैछ । दुबै नेतृलाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको थियो ।

    भ्रष्टाचार र  करछलीमा मुद्दा चलिरहेका भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट जग्गा र भवन दान लिनु नहुने भन्दै पाण्डे र तिम्सिनाले बिरोध गरेका थिए । पार्टीले मीनबहादुरबाट दान लिएको बिषयमा सार्वजनिक रुपमा बिरोध गरेकाले दुबै नेतृलाई गएको माघ १० गते ६ महिनाका लागि कारबाही गरेको थियो ।

    केही समयअघिको बैठकमा एमाले महासचिव शंकर पोखरेलले पाण्डे र तिम्सिनाको कारबाही फुकुवा गर्न प्रस्ताव लगे पनि सो दिन निर्णय भने गरेन । त्यसपछिका बैठकमा पार्टीले उनीहरुको निलम्बन फुकुवा गरेको छैन ।

    एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले आफूहरुमाथि पार्टीले गरेको कारबाहीका बारेमा शनिबार सामाजिक संजालमा लेखेकी छन्–हाम्रो पार्टीले हामी (बिन्दा दिदी र मलाई) लाई ६ महिना निलम्बन (कारबाही) गर्ने बारे धेरैले स्पष्ट नबुझ्नुभएको जस्तो लागेकोले स्पष्ट पार्न चाहेँ ।

    पदाधिकारी (सचिवालय) कमरेडहरुका अनुसार गत एउटा बैठकमा महासचिब कमरेडले कारबाही फुकुवाको प्रस्ताब लग्नु भएको तर त्यस दिन समय अभावले यसबारे निर्णय भएन । त्यस पछाडि फेरि बसेको बैठकमा प्रस्ताव नै गएन ।

    गत बैशाख २ गते पार्टी अध्यक्ष कमरेडले बिन्दा दिदीसँग भेट्नुभएको हो, कारबाही फुकुवा भएको भने होइन । र, अब आउने महिना असार १० गते हामीलाई कारबाही गर्ने भनेर गरिएको निर्णय अबधि ६ महिना पुूरा हुनेछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार