काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशक पद डेढ महिनादेखि रिक्त छ । ६० बर्षे उमेर हदका कारण डा. केशर ढकाल गएको असार ५ गते अवकाश भएपछि बिभागको महानिर्देशक पद रिक्त छ । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डेढ महिनासम्म पनि बिभागमा महानिर्देशक पठाएको छैन ।
मन्त्रालयमा १२ औं तहका डा. संगीता कौशल मिश्र र श्रीकृष्ण श्रेष्ठ छन् । तर स्वास्थ्य सेवा बिभाग निमित्तका भरमा चल्दैआएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाको डिजाइनमा १२ औं तहको दरबन्दी कटौती गरी स्वास्थ्य सेवा बिभागको महानिर्देशक ११ औं तहबाट बनाउनेगरी ओएण्डएम गरिसकिएको छ । आफ्ना प्रतिस्पर्धी डा. संगीता मिश्रलाई महानिर्देशक हुनबाट रोक्न १२ औं तहको दरबन्दी काटेको आरोप पनि सचिव देवकोटामाथि लाग्ने गरेको छ ।
यसैबीच, स्वास्थ्य सेवा बिभाग टेकूमा अस्वस्थ खेलहरु भएका छन् । महानिर्देशक नहुँदा स्वास्थ्य सेवा बिभागबाट हुनुपर्ने सर्पदंशको भ्याक्सिन, एन्टीरेबिज भ्याक्सिनदेखि बिभिन्न औषधि खरिदको बोलपत्र हुन सकेको छैन ।
निमित्त महानिर्देशक अनुज भट्टचन, खरिद शाखा प्रमुख चेतननिधि वाग्लेको निर्णय क्षमताको अभावमा सर्पदंशको औषधि समयमा खरिद नहुँदा बजारमा सर्पले टोकेपश्चात् प्रयोग गर्ने औषधि एन्टिस्नेक भेनमको अभाव भएको छ । कतिपय स्थानमा औषधिको अभावमा बिरामीको मृत्यु पनि भएको छ ।
यसैगरी, गर्भवती आमालाई चाहिने फोलिक एसिड तथा इम्प्लान्ट गत बर्ष खरिद हुन सकेन । अनुज भट्टचनलाई बिभागका उपसचिवद्वय मोहन कोइराला र भीम देवकोटाले घुमाएका छन् । कुनै बेला भुवन काफ्ले र भवनाथ खतिवडाले तत्कालीन महानिर्देशक संगीताकौशल मिश्रलाई घुमाएका थिए । अहिले कोइराला र देवकोटाले घुमाएका छन् ।
कुकुर, बाँदरजस्ता जनावरका टोकाइका बिरुद्ध लगाउने एन्टीरेबिज भ्याक्सिन(एआरभी) को अभाव छँदैछ ।
वालेन्द्र शाह प्रधानमन्त्री हुनुअघिदेखि सरकारी अस्पतालमा निःशुल्क वा न्यून शुल्कमा पाइने एन्टीरेबिज भ्याक्सिन(एआरभी) को अभाव छ । खोप नपाएपछि बिरामीहरू महँगो शुल्क तिरेर निजी मेडिकल तथा क्लिनिकबाट खोप किन्न बाध्य छन् । तर स्वास्थ्य मन्त्रालयको ब्यवस्थापन महाशाखाले खरिद गर्न सकेको छैन ।
यसअघि स्वास्थ्य सामग्री खरिद गर्ने आपूर्ति शाखाका कर्मचारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरी अदालतले भ्रष्टाचार ठहर गरेको थियो । निर्णयकर्तालाई सफाइ दिएर टिप्पणी उठाउनेहरुलाई मात्र दोषी ठहर गरेपछि आपूर्ति शाखाका कर्मचारीहरु स्वास्थ्य सामग्री खरिदको बोलपत्र गर्नसमेत हच्किने गरेका छन् ।
काठमाडौं । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिरिषदको कार्यालयले सो प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायबाट विगत ७ बर्षमा मिलेमतोमा खरिद गरिएका स्वास्थ्य...
काठमाडौं । औद्योगिक ब्यवसाय बिकास प्रतिष्ठानका कर्मचारीहरुले २ महिनादेखि तलव भत्ता पाउन सकेका छैनन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले तलब भत्ता खुवाउन र...
नारायणप्रसाद शर्मा काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ३४ वर्ष अघि अर्थात २०४९ साल चैत्र ८ गते कौडीको मोलमा विक्री गरेको भृकुटी कागज कारखाना बन्द हुनु...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ ।...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले यसअघि २ पटक विभागको नेतृत्व सम्हालिसकेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend