काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेको हो ।
बुधबारको मन्त्रिपरिषद बैठकले प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी(सिन्धुली), उपकुलपतिमा अविनाश श्रेष्ठ(पर्वत) र सदस्य सचिवमा रोशन शेरचन (रुपन्देही)लाई नियुक्त गरेको छ ।
ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिण ताम्राकार (ललितपुर), उपकुलपतिमा चन्द्रश्याम डंगोल(ललितपुर) र सदस्य सचिवमा कैलाशकुमार श्रेष्ठ(दोलखा)लाई नियुक्त गरेको छ ।
त्यसैगरी, संगीत तथा नाट्य प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल(काठमाडौं), उपकुलपतिमा झुमा वनेम(ताप्लेजुङ) र सदस्य सचिवमा भूपेन्द्रसिंह रायमाझी(मोरङ)लाई नियुक्त गरेको छ । प्रज्ञा प्रतिष्ठानमा ११ सदस्यीय पदाधिकारी, ललितकलामा ९ र संगीत नाट्य प्रतिष्ठानमा ९ पदाधिकारी पनि नियुक्त भएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग गनेश पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसमा सरकारले तीनै प्रतिष्ठानका पदाधिकारी नियुक्त गरेको हो ।
तीनवटै प्रतिष्ठानमा नियुक्त भएकाहरुको सूची
काठमाडौं । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिरिषदको कार्यालयले सो प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायबाट विगत ७ बर्षमा मिलेमतोमा खरिद गरिएका स्वास्थ्य...
काठमाडौं । औद्योगिक ब्यवसाय बिकास प्रतिष्ठानका कर्मचारीहरुले २ महिनादेखि तलव भत्ता पाउन सकेका छैनन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले तलब भत्ता खुवाउन र...
नारायणप्रसाद शर्मा काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ३४ वर्ष अघि अर्थात २०४९ साल चैत्र ८ गते कौडीको मोलमा विक्री गरेको भृकुटी कागज कारखाना बन्द हुनु...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ ।...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले यसअघि २ पटक विभागको नेतृत्व सम्हालिसकेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend