काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा एउटा निजी व्यापारिक कम्पनीलाई ३० वर्षसम्म भोगचलन गर्न दिने तयारीसम्बन्धी थप प्रमाण फेला परेको छ । इमु प्रोपटिज प्रालिले प्रतिष्ठान प्रमुखका नाममा दिएको निवेदन नै यसको बलियो प्रमाण हो।
प्रालिकी प्रबन्ध सञ्चालक शर्मिला तामाङका तर्फबाट गत जेठ १४ गते प्रतिष्ठानलाई बुझाइएको निवेदनमा बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्ने प्रयोजनका लागि जग्गा उपलब्ध गराउन अनुरोध गरिएको छ ।
प्रतिष्ठानमा उक्त पत्र प्राप्त भएदेखि यसका सदस्यसचिव कुश्मा महरालगायतले निरन्तर कुलपति निशा शर्मा पोखरेललाई जग्गा इमु प्रोपटिज प्रालिलाई उपलब्ध गराउन दबाब दिँदै आएका छन् ।
त्यतिमात्र होइन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले समेत ुयतिका जग्गा प्राइम लोकेसनमा रहेको भन्दै व्यावसायिक प्रयोजनमा लगाउनुपर्ने धारणा प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमकै बेला स्वयं कुलपति शर्मालगायतका अगाडि राखेका थिए।
यहाँसम्म कि कुलपति शर्मा पोखरेलले आफूलाई १० प्रतिशत कमिसन दिने प्रलोभनमा उक्त जग्गा निजी कम्पनीलाई दिन दबाब दिइएको जानकारीसमेत मन्त्री किरातीलाई गराएकी थिइन् । नागरिकमा यससम्बन्धी समाचार प्रकाशित भएपछि खण्डन गर्ने होडबाजी मन्त्री राईदेखि प्रतिष्ठान पदाधिकारीसम्ममा चलेको छ । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend