काठमाडौं । बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने तयारी भएको छ । सो कार्यमा संस्कृति, पर्यटन, नागरिक उड्डयनमन्त्री सुदन किराती र प्रतिष्ठानकै पदाधिकारीहरूले कुलपति निशा शर्मा पोखरेललाई दबाब दिएको स्रोतको भनाइ छ ।
मन्त्री किराँतीको चाहनामा उक्त जग्गामा व्यावसायिक प्रयोजनका लागि नयाँ भवन बनाएर निजी क्षेत्रलाई ठेक्कामा दिने अन्तिम तयारी भएको मन्त्रालय स्रोतको दाबी छ । यो जग्गा काठमाडौंको व्यस्त स्थान नक्सालमा छ । १५ रोपनी जग्गा बजारमूल्यभन्दा निकै कम मूल्यमा लिजमा दिने मन्त्री किरातीको तयारी रहेको जनाइएको छ। स्रोतका अनुसार मन्त्री किराती र पर्यटन मन्त्रालयका अधिकारीहरूको प्रस्तावप्रति नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति पोखरेलले असन्तुष्टि जनाएकी छन्। उक्त जग्गा निजी क्षेत्रलाई दिए ललिता निवास प्रकरणमा जस्तै भविष्यमा आफू विवादमा पर्न सकिन्छ भन्ने डर पोखरेललाई छ ।
‘१५ रोपनी जग्गा निजी क्षेत्रलाई दिने प्रस्तावमा पोखरेलले सहमति जनाएकी छैनन् । कुनै अन्तर्राष्ट्रिय निकायबाट सहयोग लिएर उक्त जग्गामा आफैंले सभा भवन बनाउन सके प्रतिष्ठानका निम्ति नियमित आम्दानी हुने पक्षमा कुलपति पोखरेल र कर्मचारी छन्’ स्रोतले भन्यो । तर परिषद् सचिव कुश्मा महरा र श्रव्यदृश्य प्रमुख चेतन सापकोटालगायतले मन्त्री राईको योजनाअनुसार उनीहरूले चाहेको कम्पनीलाई दिएर भवन बनाउन र त्यसलाई भाडामा लगाउन चाहेका छन् । त्यसका निम्ति निरन्तर प्रयास भइरहेको छ ।
१५ रोपनी जग्गा हडप्न खोज्ने टोलीले कुलपति पोखरेलसमक्ष १० प्रतिशत कमिसनको आकर्षक प्रस्ताव राखेको स्रोतको दाबी छ । आफूलाई आएको यो प्रस्तावको जानकारी कुलपति पोखरेलले मन्त्री राई, सचिव सुरेश अधिकारीलगायतको उपस्थितिमा जानकारी दिएकी थिइन् । आफूलाई यस्तो कमिसन पनि नचाहिने बरु आफैंले भवन बनाउनुपर्ने अडान उनले राखेकी थिइन् । तर मन्त्री राईले भने सुरुदेखि नै यो जग्गा व्यावसायिक प्रयोगका लागि दिनुपर्ने बताउँदै आएका छन् ।
यो जग्गा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका नाममा ल्याउने बेलामा ठुलै लफडा भएको थियो । यसलाई ल्याउन नदिन मुद्दामामिला पनि भएको हो । यसका नाममा ल्याउन करिब साढे ५ करोड रजिस्ट्रेसनबापत खर्चसमेत भएको थियो । गत वैशाख १० मा प्रतिष्ठानको वार्षिकोत्सवका निम्ति पुगेका मन्त्री राईले यतिका जग्गा देखेपछि यसको व्यावसायिक प्रयोग गर्नुपर्ने धारणा राखेका थिए । त्यसलगत्तै उनै राईको प्रभावले नियुक्ति भएका पदाधिकारीले त्यो जग्गा मन्त्रीले भनेअनुसार दिनुपर्ने भन्दै दबाब बढाउँदै लगेका हुन् ।
नेपाल बाल संगठन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त नाममा रहेको जग्गा हडप्ने प्रयास अझै जारी भएको स्रोतको भनाइ छ । यसबारे कुलपति शर्मासँग सम्पर्क गर्दा उनले आफूलाई यसबारे केही थाहा नभएको जानकारी गराउँदै बताउन इन्कार गरिन् । यता पर्यटन मन्त्रीका प्रेस संयोजक राजन समीपले त्यस्तो जग्गा अहिलेसम्म लिजमा नदिएको दाबी गरे । ‘लिजमा दिन पनि खोजेका छैनौं, दिने तयारी पनि छैन’ उनले भने । बरु ३० रोपनी जग्गा खोज्न समिति बनाएको चाहिँ समीपले बताए । त्यस्तै उनले नेपाल ट्रस्टअन्तर्गतको जग्गा आफ्नो मन्त्रालयमातहत भए पनि नक्सालस्थित बालमन्दिरको जग्गाचाहिँ आफूहरूमातहत नरहेको दाबीसमेत गरे । आजको नागरिक दैनिकमा समाचार छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend