काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार करारमा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउने निर्णयबाट पछि हटिसकेको छ । र, सरकारी सेवाबाट अवकाश पाएर करार सेवामा रहेकालाई भने सेवाबाट हटाउने निर्णय गरेको छ । तर, सरकारले नै करारमा कार्यरत कर्मचारीलाई नहटाउने निर्णय गरिसकेको छ । तर, स्वास्थ्य सेवा बिभाग अन्तर्गत कार्यरत करिब ३ दर्जन करारका कर्मचारीलाई सेवाबाट हटाइएको छ ।
लामो समयदेखि करारमा कार्यरत कर्मचारीलाई हटाइएपछि बिभागका निमित्त महानिर्देशक अनुज भट्टचनकोमा करार नवीकरण गर्न आग्रह गर्दै डेलिगेसन नै गए पनि सुनुवाइ भएको छैन । करारकै जागिरबाट परिवारको भरणपोषण र शिक्षादीक्षा दिंदैआएका ती कर्मचारीहरुलाई निकालिएपछि उनीहरु महानिर्देशकसँग न्यायको याचना गरिरहेका छन् । तर उनीहरुको आवाज सुन्न उनी तयार भएका छैनन् ।
अन्य मन्त्रालय अन्तर्गतका करारका कर्मचारी हटाउने सरकारको योजना कार्यान्वयन हुन नसके पनि स्वास्थ्य सेवा बिभागका उपसचिवद्वय मोहनप्रसाद कोइराला र भीमप्रकाश देवकोटाले करार र ज्यालादारी कर्मचारीको जागिर नै खाइदिने काम गरेका छन् । कोइराला प्रशासन शाखाका प्रमुख र देवकोटा लेखानियन्त्रक हुन् । करारका करिब तीन दर्जन कर्मचारी निकालेका उनीहरुले तीन जना सवारी करारका सवारी चालकको दरबन्दी भने थप गरेका छन् । लेखा, प्रशासन र महानिर्देशकका चालकको म्यादथप गरिएको छ । साउन १५ गते अपराह्न प्रेम अर्याल र मोहन कोइरालाले अन्य करार तथा ज्यालादारी कर्मचारीहरुको कम्पयूटर सिस्टमबाट हाजिर हटाउन लगाएका थिए ।
कार्यालय खुलेपश्चात् सबै करार र ज्यालादारी कर्मचारीहरुले महानिर्देशककहाँ डेलिगेसन जाँदा उपसचिवद्वय डरले बिदा लिएर बसेका थिए । कर्मचारीहरुले
महानिर्देशकको कार्यकक्षबाहिर धर्ना दिएर दिनभर छलफल पश्चात् रजिष्टरमा हाजिरी गराएर मन्त्रालय लेखेर पठाउने निर्णय भएको छ ।
बिभागमा अस्थायी, करार र ज्यालादारी सबै किसिमका कर्मचारीहरु लामो समयदेखि काम गर्दै आएका छन् । २०–२५ बर्षदेखि करारमा कार्यरत कर्मचारी समेत छन् । सरकारले नै करारका कर्मचारी हटाउने निर्णयबाट पछि हटेको अवस्थामा कोइराला र देवकोटाले भने मानवीयता समेतको ख्याल नगरी हटाएका छन् ।
बि.स. २०७५ मा करारका धेरै दरबन्दी काटियो । त्यसपछि कोभिड लगायतका ठूला महामारीहरु आए । कार्यबोझ थपियो । खोप एन्टि क्यान्सर, प्रजनन् स्वास्थ्य लगायत क्षेत्रमा दुई ठूला स्टोर पथलैया र टेकूमा काम गर्ने जनशक्ति नहुँदा दैनिक कार्य प्रभावित हुन जान्छ । करारका कर्मचारीका भरमा यी निकाय संचालन हुँदैआएका छन् ।
अकूत कमाउने उपसचिव स्वास्थ्य बिभागका हर्ताकर्ता
मोहन कोइराला बिगतमा बैदेशिक रोजगार, यातायत अध्यागमन लगायतका मालदार कार्यालयमा बसी अकूत सम्पत्ति कमाएर स्वास्थ्यमा आएका हुन् । उनी बैदेशिक रोजगार बिभागमा लामो समय बसेर अर्को आकर्षक कार्यालय अध्यागमन एयरपोर्टमा समेत बसेका थिए ।
प्रदीप पौडेल स्वास्थ्य मन्त्री भएको बेला मोहन कोइराला र प्रेम अर्याललाई बिभागमा ल्याइएको थियो । प्रदीप पौडेल मन्त्री हुँदा मन्त्रालयमा सबैभन्दा बढी तर मार्नेहरुमा यही समूह रहेको थियो । बिभागमा मोहन कोइराला, प्रेम अर्याललगायतका कर्मचारीले अहिले पनि स्वास्थ्य सेवा बिभागमा शासन सत्ताको अभ्यास गर्न खोगिरहेका छन् ।
मोहन कोइरालाले आफ्नो मानिस इन्द्र श्रेष्ठलाइ जनरल स्टोरमा पठाएका छन् । त्यहाँबाट बिद्या जैशीलाई नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा सरुवा गरेका छन् । गत बर्ष पनि यिनै मोहन कोइराला र भीम देवकोटाले टंक बराकोटी बिभागको महानिर्देशक हुँदा आफ्ना तीन जना ड्राइभरको मात्र करार थपेका हुन् ।
काठमाडौं । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिरिषदको कार्यालयले सो प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायबाट विगत ७ बर्षमा मिलेमतोमा खरिद गरिएका स्वास्थ्य...
काठमाडौँ । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णय अनुसार काठमाडौँ महानगरपालिका-१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका...
काठमाडौं । औद्योगिक ब्यवसाय बिकास प्रतिष्ठानका कर्मचारीहरुले २ महिनादेखि तलव भत्ता पाउन सकेका छैनन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले तलब भत्ता खुवाउन र...
नारायणप्रसाद शर्मा काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ३४ वर्ष अघि अर्थात २०४९ साल चैत्र ८ गते कौडीको मोलमा विक्री गरेको भृकुटी कागज कारखाना बन्द हुनु...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend