२०८३ साउन १९ गते nepalface.com मा प्रकाशित ‘फर्जी कागजात पेश गर्ने पर्यटन बोर्डका उच्च अधिकारी गौतमलाई अख्तियारले कसरी दियो सफाई ?’ शीर्षकमा ‘दक्षिण कोरियामा मानव तस्करी गर्ने काममा बोर्डकै कर्मचारी भएको आशंका’ उपशीर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो समाचार शतप्रतिशत गलत र भ्रामक छ । चरित्रहत्या गर्ने, निकट भविष्यमा हुन सक्ने खुला प्रतिस्पर्धालाई प्रभावित गर्ने केही व्यक्तिको निहित स्वार्थबाट प्रेरित भएर क्षमा याचनासहित प्रकाशित गलत समाचार, अनलाइन पोर्टल र सामाजिक सञ्जाल समेत हटाउन अनुरोधसहित यो खण्डन पेश गरेको छु ।
अनुभवको प्रमाणपत्र सम्बन्धमा
म लक्ष्मण गौतम मिति २०६२ असारमा नेपाल पर्यटन बोर्डमा सहायक प्रबन्धकको रुपमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएको हुँ । त्यसपश्चात् मिति २०६५सालमा सोही बोर्डमै प्रबन्धकस्तरको खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुने पदको लागि खुलेको विज्ञापनमा आवेदन दिई नेपाल पर्यटन बोर्ड विनियमावली २०६४ मा भएको पदपूर्ति सम्बन्धि व्यवस्थानुसार नेपाल पर्यटन बोर्ड कार्यकारी समितिद्वारा गठित पदपूर्ति उपसमितिद्वारा मैले आवेदन दिदा पेश गरिएका सम्पूर्ण कागजातहरुको अध्ययन अनुसन्धान गरी कानुन र विधिसम्मत तरिकाले श्रेष्ठताको आधारमा म छनौट भई मिति २०६५ साल श्रावणमा प्रबन्धक पदमा नियुक्ति लिई हालसम्म कार्यालयको नियम कानुनको परिपालना गरी कार्य गर्दै आइरहेको व्यहोरा जानकारी गराउँदछु ।
आफूले इमान्दारिताका साथ काम गर्दागर्दै मैले प्रबन्धक हुँदाका बखत १८ बर्ष अगाडि पेश गरेका अनुभवको प्रमाणपत्र उपर अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुर भई आयोगबाट विस्तृत अनुसन्धान भई २०८२।०३।०४मा अ.दु.अ.आ.को निर्णय नं. १३०८ बाट निर्णय भई उक्त विषय निरुपण भइसकेको अवस्था छ । यस सम्बन्धमा संवैधानिक निकायले विस्तृत अनुसन्धान गरी सफाई दिएको पत्र यसै खण्डनका साथ पेश गरेको छु । राज्यको संवैधानिक आयोगबाट विस्तृत अनुसन्धान भई टुङ्गिएको विषयलाई सम्मानित संस्था समेतको बद्नाम गर्ने गरी मेरो चरित्रहत्या गर्ने मनसायको पराकाष्टा नाघी प्रकाशित उक्त समाचार निन्दनीय छ ।
उक्त समाचार गैरकानुनी, व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले मात्र प्रकाशित नभई भविष्यमा हुने खुला प्रतिस्पर्धाबाट विमुख गर्न चाहने केही व्यक्तिको स्वार्थबाट प्रेरित भएकाले समाचार प्रकाशित गर्ने साप्ताहिकका प्रकाशक, सम्पादक, पत्रिका र गलत सूचना प्रवाह गर्ने स्रोतलाई हदैसम्मको कानुनी सजायको माग गर्दछु ।
२. “दक्षिण कोरियामा मानव तस्करी गर्ने काममा बोर्डकै कर्मचारी भएको आशंका” भन्ने उपशीर्षकको प्रसड्ग पनि कपोकल्पित, तथ्यहीन र गलत छ । समाचारमा उल्लेख भएजस्तो मेरो सहोदर कुनै पनि दाइ छैनन् । तसर्थ उक्त समाचार शत प्रतिशत गलत छ । केही व्यक्तिको निहीत स्वार्थ प्रेरित भए्र छापिएको गलत, तथ्यहीन र भ्रामक समाचार अनलाइन पोर्टल र सामाजिक सञ्जालबाट हटाउन अनुरोध गर्दछु ।
लक्ष्मण गौतम
नेपाल पर्यटन बोर्ड,
भृकृटीमण्डप, काठमाडौं
हाम्रो भनाइ : पर्यटन बोर्डका बिषयमा डायरी एक्सप्रेस साप्ताहिकमा २०८३ साउन १९ गते सोमबार प्रकाशित समाचार साभार गरेको ब्यहोरा अनुरोध छ । उक्त साप्ताहिकले गौतमको अनुभवको प्रमाणपत्रदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र पनि समाचारमा राखेकाले उक्त समाचार साभार गरेका हौं । –सम्पादक
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा...
काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित राजस्व छुट प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कप्तानगञ्ज घटनामा घाइते भइ उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु गरेका छन् । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय...
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ। मन्त्रालयका अनुसार शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी...
काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएपछि आफन्तले शव उठाउन मानेका छैनन् । उता कप्तानगञ्जमा सडकका रुख ढालेर स्थानीयवासी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend