Nepal Face
  • मंगलबार, १९ साउन २०८३
  • नेपालफेसको समाचारप्रति लक्ष्मण गौतमको खण्डन


    मंगलबार, साउन १९ २०८३
    10
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • २०८३ साउन १९ गते nepalface.com मा प्रकाशित ‘फर्जी कागजात पेश गर्ने पर्यटन बोर्डका उच्च अधिकारी गौतमलाई अख्तियारले कसरी दियो सफाई ?’  शीर्षकमा ‘दक्षिण कोरियामा मानव तस्करी गर्ने काममा बोर्डकै कर्मचारी भएको आशंका’ उपशीर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो समाचार शतप्रतिशत गलत र भ्रामक छ । चरित्रहत्या गर्ने, निकट भविष्यमा हुन सक्ने खुला प्रतिस्पर्धालाई प्रभावित गर्ने केही व्यक्तिको निहित स्वार्थबाट प्रेरित भएर क्षमा याचनासहित प्रकाशित गलत समाचार, अनलाइन पोर्टल र सामाजिक सञ्जाल समेत हटाउन अनुरोधसहित यो खण्डन पेश गरेको छु ।

    अनुभवको प्रमाणपत्र सम्बन्धमा

    म लक्ष्मण गौतम मिति २०६२ असारमा नेपाल पर्यटन बोर्डमा सहायक प्रबन्धकको रुपमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएको हुँ । त्यसपश्चात् मिति २०६५सालमा सोही बोर्डमै प्रबन्धकस्तरको खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुने पदको लागि खुलेको विज्ञापनमा आवेदन दिई नेपाल पर्यटन बोर्ड विनियमावली २०६४ मा भएको पदपूर्ति सम्बन्धि व्यवस्थानुसार नेपाल पर्यटन बोर्ड कार्यकारी समितिद्वारा गठित पदपूर्ति उपसमितिद्वारा मैले आवेदन दिदा पेश गरिएका सम्पूर्ण कागजातहरुको अध्ययन अनुसन्धान गरी कानुन र विधिसम्मत तरिकाले श्रेष्ठताको आधारमा म छनौट भई मिति २०६५ साल श्रावणमा प्रबन्धक पदमा नियुक्ति लिई हालसम्म कार्यालयको नियम कानुनको परिपालना गरी कार्य गर्दै आइरहेको व्यहोरा जानकारी गराउँदछु ।

    आफूले इमान्दारिताका साथ काम गर्दागर्दै मैले प्रबन्धक हुँदाका बखत १८ बर्ष अगाडि पेश गरेका अनुभवको प्रमाणपत्र उपर अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुर भई आयोगबाट विस्तृत अनुसन्धान भई २०८२।०३।०४मा अ.दु.अ.आ.को निर्णय नं. १३०८ बाट निर्णय भई उक्त विषय निरुपण भइसकेको अवस्था छ । यस सम्बन्धमा संवैधानिक निकायले विस्तृत अनुसन्धान गरी सफाई दिएको पत्र यसै खण्डनका साथ पेश गरेको छु । राज्यको संवैधानिक आयोगबाट विस्तृत अनुसन्धान भई टुङ्गिएको विषयलाई सम्मानित संस्था समेतको बद्नाम गर्ने गरी मेरो चरित्रहत्या गर्ने मनसायको पराकाष्टा नाघी प्रकाशित उक्त समाचार निन्दनीय छ ।

    उक्त समाचार गैरकानुनी, व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले मात्र प्रकाशित नभई भविष्यमा हुने खुला प्रतिस्पर्धाबाट विमुख गर्न चाहने केही व्यक्तिको स्वार्थबाट प्रेरित भएकाले समाचार प्रकाशित गर्ने साप्ताहिकका प्रकाशक, सम्पादक, पत्रिका र गलत सूचना प्रवाह गर्ने स्रोतलाई हदैसम्मको कानुनी सजायको माग गर्दछु ।

    २. “दक्षिण कोरियामा मानव तस्करी गर्ने काममा बोर्डकै कर्मचारी भएको आशंका” भन्ने उपशीर्षकको प्रसड्ग पनि कपोकल्पित, तथ्यहीन र गलत छ । समाचारमा उल्लेख भएजस्तो मेरो सहोदर कुनै पनि दाइ छैनन् । तसर्थ उक्त समाचार शत प्रतिशत गलत छ । केही व्यक्तिको निहीत स्वार्थ प्रेरित भए्र छापिएको गलत, तथ्यहीन र भ्रामक समाचार अनलाइन पोर्टल र सामाजिक सञ्जालबाट हटाउन अनुरोध गर्दछु ।

    लक्ष्मण गौतम
    नेपाल पर्यटन बोर्ड,
    भृकृटीमण्डप, काठमाडौं

    हाम्रो भनाइ : पर्यटन बोर्डका बिषयमा डायरी एक्सप्रेस साप्ताहिकमा २०८३ साउन १९ गते सोमबार प्रकाशित समाचार साभार गरेको ब्यहोरा अनुरोध छ । उक्त साप्ताहिकले गौतमको अनुभवको प्रमाणपत्रदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र पनि समाचारमा राखेकाले उक्त समाचार साभार गरेका हौं । –सम्पादक

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार