Nepal Face
  • मंगलबार, १९ साउन २०८३
  • शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज


    मंगलबार, साउन १९ २०८३
    20
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ।

    मन्त्रालयका अनुसार शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन)नियमावली, २०८३ लागू भएसँगै पुरानो निर्देशिका निष्क्रिय बनाइएको हो।

    नयाँ नियमावली कार्यान्वयनका क्रममा कानुनी तथा प्रक्रियागत अन्योल नहोस् भन्ने उद्देश्यले २०७३ सालमा जारी गरिएको निर्देशिका खारेज गरिएको मन्त्रालयले जनाएको छ।

    शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा वैदेशिक अध्ययन तयारी कक्षा सञ्चालनलाई व्यवस्थित गर्ने उद्देश्यसहित नयाँ नियमावली ल्याइएको भए पनि त्यसका केही प्रावधानप्रति सरोकारवालाले असन्तुष्टि जनाउँदै आएका छन्।

    विशेष गरी शैक्षिक परामर्श संस्था सञ्चालनका लागि २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्थालगायतका विषयमा परामर्श व्यवसायीहरूले आपत्ति जनाएका छन्। उनीहरूले उक्त व्यवस्था व्यावहारिक नभएको भन्दै पुनरावलोकनको माग गर्दै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार