Nepal Face
  • मंगलबार, १९ साउन २०८३
  • कप्तानगञ्ज घटना: आफन्तले उठाउन मानेनन् मेहताको शव, रूख ढालेर प्रदर्शनमा उत्रिए स्थानीय 


    मंगलबार, साउन १९ २०८३
    45
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएपछि आफन्तले शव उठाउन मानेका छैनन् ।

    उता कप्तानगञ्जमा सडकका रुख ढालेर स्थानीयवासी प्रदर्शनमा उत्रिएका छन् ।

    महाराजगञ्ज प्रहरीका डीएसपी नवराज पोखरेलका अनुसार मृतक मेहताका आफन्तले सरकारबाट रेस्पोन्सको माग गर्दै शव नउठाएका हुन् । त्यहीँ जम्मा भएका मेहताका आफन्तहरुले सरकारले घटनामा गोली चलाउने व्यक्तिको पहिचान, कारवाही र क्षतिपूर्तिको माग राखिएको बताए ।

    गृहमन्त्रीले मृतकको घरमा गएर कागजी सम्झौता गरेको भरमा आफूहरु नमान्ने उनीहरुको भनाइ छ ।

    उता, मेहताको गृहजिल्ला सुनसरी, कप्तानगञ्जमा निधनको खबरपछि आक्रा्श बढेको छ । त्यहाँ अहिले सशस्त्र प्रहरीको टोली पुगेको छ ।

    सदरमुकाम इनरुवाबाट प्रहरी टोली पनि जाँदै गरेको जिल्ला प्रहरी स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार