काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, भेटमा तराई–मधेशको पछिल्लो अवस्थाबारे ब्रिफिङ भएको बताइएको छ ।
गृहमन्त्री गुरुङ आफैं मधेश झरेर काम गरेकाले त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । तराई–मधेशमा भएको पछिल्लो घटना र स्थिति साम्य हुँदासम्मको अवस्थाबारे प्रधानमन्त्रीले गृहमन्त्रीबाट जानकारी लिएका छन् ।
आगामी दिनमा कस्तो सुरक्षा रणनीति अपनाउनुपर्ने भन्नेबारे पनि सामान्य छलफल भएको बताइएको छ ।
१० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा झडप भएको थियो । त्यसपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त घटनामा थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । यही घटना अन्य जिल्लामा फैलिएपछि सिरहामा पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
काठमाडौँ। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा (एमाले) ले सरकारसँग जवाफ माग गरेको छ। मंगलबार प्रतिनिधि...
काठमाडौँ । श्रम संस्कृति पार्टीले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको आज मंगलबारको बैठकमा सांसद हर्कराज राईले देशमा...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका रास्वपा सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेदेखि छलफल जारी छ । समसामयिक...
काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । १० साउन राति प्रहरीले चलाएको...
काठमाडौँ । काँग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend