काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा पटक पटक अवसर पाएका विवादास्पद पात्र शैलेशराज कुँवरलाई नियुक्ति गरेको छ । उनी यसअघि पनि गुठी संस्थानका प्रशासक थिए ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले कुँवरलाई गुठी संस्थानको प्रशासकमा नियुक्त गरेको हो । २०८२ भदौ २३–२४ को जेनजी आन्दोलनअघिका भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रंजिता श्रेष्ठले आर्थिक चलखेलका आधारमा कुँवरलाई गुठी संस्थानको प्रशासक नियुक्त गरेकी थिइन् ।
पोखराको लिचीबारी जग्गा घोटालादेखि ६ सय कर्मचारीको सरुवामा करोडौं करोड भ्रष्टाचार गरेका बलराम अधिकारीले कुँवरसँग अर्थिक लेनदेन गरी पदमा निरन्तरता दिएको भनी एमाले पार्टीभित्रैबाट बिरोध भएको थियो । वर्तमान सरकारले अघिल्लो सरकारका पालामा भएका नियुक्ति अध्यादेश ल्याएर खारेज गर्दा कुँवर पनि पदमुक्त भएका थिए । तर तिनै विवादास्पद र एमालेका विवादित मन्त्रीले नियुक्त गरेका कुँवरलाई प्रधानमन्त्री वालेन्द्र शाहले पनि पुनः नियुक्ति गरेका छन् । कुँवरबिरुद्ध अख्तियारमा गम्भीर आरोपसहितको उजुरी पनि परेको छ ।
रास्वपाको सरकारबाट पनि कुँवरले नियुक्ति लिएपछि भूमिब्यवस्था मन्त्रालयका कर्मचारी नै चकित छन् । कुँवरले आर्थिक चलखेल गरेरै नियुक्ति लिएको स्रोतको दाबी छ । स्रोतका अनुसार सांसद राजुनाथ पाण्डे, ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ, सभामुख डोलप्रसाद अर्याल र भूमिब्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च कर्मचारीकै जोडबलमा कुँवरले नियुक्ति लिन सफल भएका हुन् ।
कुँवर : हरेक पार्टीका प्रियपात्र, पटक–पटक पाउँछन् नियुक्ति
काठमाडौं महानगरपालिकालाई ४५ लाख भन्दा बढी पार्किङ ठेक्काको राजस्व बक्यौता कुँवरले तिरेका छैनन् । कुँवरको ह्वील्स कम्पनीले बालेन्द्र शाह काठमाडौं महानगरको मेयर हुनुअघि न्यूरोड, खिचापोखरी आसपासको पार्किङको ठेक्का लिएको थियो । उक्त ठेक्काबापतको महानगरलाई बुझाउनुपर्ने ४५ लाख करिब रकम उनले नबुझाएको स्रोत बताउँछ ।
बालेन्द्र मेयर हुनुअघिसम्म न्यूरोड क्षेत्रको सम्पूर्ण पार्किङ ठेक्का कुँवरको ह्वील्स कम्पनीले नै कब्जा गरेको थियो । पछि महानगरले न्यूरोड एरियामा पार्किङ नै हटाएपछि उनको धन्दा बन्द भएको थियो ।
कुँवर जुन पार्टी आए पनि त्यसकै सदस्यता लिने र नियुृक्ति लिनेतिर मात्र केन्द्रित देखिएका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका घरपरिवारकै सदस्य जस्तो देखाउने गरेका उनले गएको फागुन २१ को निर्वाचनमा सर्लाही ४ मा टोयटा गाडी नै दिएका थिए । गगनकुमार थापादेखि रेशम चौधरी, रंजिता श्रेष्ठ र बलराम अधिकारीसम्मका प्रियपात्र रास्वपाका नेता तथा ऊर्जामन्त्री बिराजभक्तदेखि राजुनाथ पाण्डे, सभामुख डीपीसम्मलाई पनि प्रभावमा पारी नियुक्ति लिन सफल भएका छन् ।
राजु पाण्डे त कुँवरले न्यूरोडदेखि खिचापोखरीको पार्किङको ठेक्का लिंदा उनकै कार्यालयमा दिनभर बस्ने गर्दथे । वालेन्द्र शाह मेयर हुनुअघि महानगर प्रहरीमा कुनै भूमिका नभएका पाण्डे कुँवरकै भरोसामा थिए ।
गुठीका जग्गा हिनामिनाको बारेमा खोजी गरी कारबाही गर्नुपर्नेलाई वालेन्द्र सरकारले नियुक्ति दिएर झन् पुरस्कृत गरेको छ । गुठी संस्थानका प्रशासक कुँवरले बौद्ध घ्याङ गुठीको चिनियाँ लामा नियुक्तिका क्रममा समेत ठूलो रकम खाएको आरोप छ ।
स्रोतका अनुसार विवादास्पद र नागरिकतादेखि पासपोर्टमै कीर्ते गरी सच्याएका भूपतिबज्र लामालाई घ्याङगुठीको चिनियाँ लामा पुनर्नियुक्ति गर्ने क्रममा तत्कालीन एमाले मन्त्री बलराम अधिकारीसम्मलाई सेटिङ गर्ने काम कुँवरले नै गरेका थिए । त्यसका अतिरिक्त जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले गरेको गुठीका करोडौंका जग्गा हिनामिनामा समेत कुँवरको साथ र सहयोग रहेको आरोप छ ।
प्रधानमन्त्री शाहले हटाएको न्यूरोडमा पार्किङ शुल्क उठाउने खेलमा थिए शैलेश
प्रधानमन्त्री वालेन्द्र शाहले मेयर भएपछि न्यूरोड, खिचोपोखरी क्षेत्रमा पार्किङ उठाउन बन्द गरेका थिए । न्यूरोड क्षेत्रमा पार्किङ शुल्क कुँवरकै कम्पनी ह्वील्सले उठाउँदैआएको थियो ।
काठमाडौं महानगरपालिकाले गएको माघ १४ गतेदेखि सुन्धारास्थित निर्माणाधीन धरहराको जमिनमुनिको तला (बेसमेन्ट) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । तर त्यो निर्णय गरेको केही दिनमै कुँवरले कार्यवाहक मेयर सुनिता डंगोल र केही कर्मचारीलाई हातमा लिएर घुमाउरो ढंगबाट सुन्धारास्थित बेसमेन्टको पार्किङको ठेक्का लिन लागेका थिए ।
न्यूरोड, खिचापोखरी आसपासका ब्यापारीहरुले बिहानदेखि बेलुकासम्म पार्किङ गर्ने भएकाले त्यसको नियन्त्रण र ब्यवस्थापन गर्ने बहानामा पार्किङ ठेक्का दिने चलखेल महानगरमा कुँवरले सुरु गरेका थिए । पार्किङको नियन्त्रण वा ब्यवस्थापनको जिम्मा महानगर प्रहरीको हो । तर महानगर प्रहरीले गर्न नसकेको बहाना बनाएर शैलेशराज कुँवरको ह्वील्स कम्पनीलाई सुन्धाराको पार्किङको ठेक्का दिन लागिएको थियो । तर नेपालफेसले नै त्यस्तो योजनाको पर्दाफास गरिदिएपछि महानगर पछाडि हटेको थियो ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend