Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • डा.केसीका माग सम्बोधन गर्न शिक्षामन्त्रीले थाले छलफल


    शुक्रबार, साउन ८ २०८३
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्।

    शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल सुरु गरेका हुन्। मन्त्री पोखरेलले आफू डा. केसीका मागप्रति सकारात्मक रहेको बताए।

    ‘मेरो पहिल्यैदेखि डा. केसीको आन्दोलनमा साथ र समर्थन रहेको छ,’ मन्त्री पोखरेलले भने, ‘म डा. केसीको फ्यान हुँ।’

    डा.केसीकै संघर्षले नेपालको चिकित्सा क्षेत्रमा सुधार आएको उनले उल्लेख गरे। अहिले पनि उनले उठाएका माग सम्बोधन गर्न सकारात्मक रहेको मन्त्री पोखरेलले बताए।

    ‘डा.केसीले गर्दा नै नेपालको चिकित्सा क्षेत्रमा निकै सुधार भएको हो,’ मन्त्री पोखरेलले भने, ‘उहाँले उठाएका मागबारे बुझ्न लगाएको छु।’

    डा. केसीका मागबारे बुझेपछि सम्बोधनका लागि पहल गर्ने उनले बताए। डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल भइरहेको उनको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार