काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुशासनको खिल्ली उडाउँदै कनिष्ट चिकित्सकलाई कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएकी छन् । ११ औं तहमा बढुवा भएको ३ महिनामात्र भएका डा. कीर्तिपाल सुवेदीलाई मन्त्री मेहताले कोशी प्रदेशको सचिवको जिम्मेवारी दिएकी हुन् ।
डा कीर्तिपाल सुवेदी नेपाल स्वास्थ्य सेवा अन्तर्गत अब्स्ट्रेटिक्स तथा गाइनोकोलोजी समूहबाट २०८२ चैतमा मात्र एघारौँ तहमा बढुवा भएका हुन् । कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट पदमा उनको बढुवा भएको हो ।
५ बर्षदेखि १० बर्षअघि ११ औं तहमा बढुवा भएका ५० जनाभन्दा बढी चिकित्सकसहितका स्वास्थ्यका अनुभवी कर्मचारी हुँदाहुँदै ३ महिनाअघि मात्र बढुवा भएका सुवेदीलाई सचिव बनाइएको छ ।
बढुवा भएको एक बर्षसम्म परीक्षणकाल हुन्छ । तर सुवेदीलाई परीक्षणकालमै कोशीको स्वास्थ्य सचिव बनाइएको छ । तर १० बर्षअघि ११ औं तहमा बढुवा भएका चन्द्रपाल झालाई कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट(मेसु) मा सरुवा गरिएको छ । जबकि उनले मेसुमा नपठाउन मन्त्री मेहतालाई अनुरोध गरेको मन्त्रालयका अधिकारी बताउँछन् ।
इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाको निर्देशकदेखि स्वास्थ्य सेवा बिभागको निमित्त महानिर्देशकको नेतृत्व गरिसकेका झालाई कोशीको मेसुमा जबर्जस्ती पठाइएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा कनिष्ट सुवेदी सचिव भएका छन् । तर उनीभन्दा ११ बर्ष बरिष्ठ झालाई कोशी अस्पतालको मेसुमा पठाएर मन्त्री मेहताले सुशासनको धज्जी उडाएकी छन् । र, बरिष्ठ चिकित्सकको अपमान गरेकी छन् ।
डा. सुवेदी रास्वपा महामन्त्री बिपिनकुमार आचार्यको जिल्ला दाङका भएकाले मन्त्री मेहताले उनलाई सचिव बनाएको चर्चा छ । महामन्त्री आचार्यलाई खुसी पार्न जुनियर सुवेदीलाई सचिव बनाएर बरिष्ठ डाक्टरको अपमान गरेको आरोप पनि मन्त्री मेहतामाथि लागेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अनुभवी र बरिष्ठ चिकित्सक पर्याप्त हुँदाहुँदै ३ महिनाअघिमात्र बढुवा भएका अति कनिष्ट सुवेदीलाई कोशी प्रदेशको सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । भूमिब्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कनिष्ट चिकित्सकको सिफारिस गरेको भन्दै स्वास्थ्यकर्मीहरुमा असन्तुष्टि ब्याप्त छ ।
अनुभवी र बरिष्ठ चिकित्सक ५० भन्दा बढी हुँदाहुँदै भर्खर बढुवा भएका अनुभवहीनलाई मन्त्रालयको सचिव बनाएको बिषयमा प्रतिनिधिसभादेखि कोशी प्रदेशसभामा समेत सांसदहरुले सरकारसँग प्रश्न गर्ने भएका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend