मलंगवा । मधेश प्रदेशका सीमा नाकाबाट खरबुजाको बिउ भारत तस्करी हुने गरेको छ । पछिल्ला दिनमा रौतहटदेखि सर्लाहीमा खरबुजाको बिउ बरामद भएपछि यसको तस्करी बढेको तथ्य खुलेको हो । नेपालबाट चिनियाँ स्याउ, सुपारी, मरिच र केराउ भारत तस्करी हुने गरेको भए पनि पछिल्ला दिनमा खरबुजाको बिउको तस्करी बढेको छ ।
बिहीबार बिहान सर्लाहीको बलरा नगरपालिका–२ स्थित हतिवल बाँध नजिकको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको बिशेष अपरेशनका क्रममा करिब १ करोड रुपैयाँ बराबरको खरबुजाको बिउ बरामद भएको छ । रौतहटपछि सर्लाहीमा भारत तस्करी गर्न लागेको खरबुजाको बिउ बरामद भएपछि सीमामा भइरहेको संगठित तस्करीको रहस्य खुलेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय सिमराबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुदत्त अवस्थी, सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारी र नम्बर १० गण मुख्यालय सर्लाहीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गुरुङको कमाण्डमा खटिएको करिब ८० जनाको टोलीले ठूलो परिमाणको उक्त बिउ बरामद गरेको जनाइएको छ ।
सशस्त्र प्रहरीका अनुसार नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको २ सय बोरा खरबुजाको बिउ ४ वटा भारतीय नम्बर प्लेटका बोलेरो गाडी र एउटा नेपाली नम्बर प्लेटको मिनी ट्रकमा लोड गरिएको अवस्थामा फेलापरेको थियो । प्रहरी टोली घटनास्थलमा पुगेपछि तस्करीमा संलग्न व्यक्तिहरू गाडी तथा सामान छाडेर भागेका थिए ।
बरामद गरिएको खरबुजाको बिउको अनुमानित मूल्य एक करोड रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमाक्षेत्रका विभिन्न गाउँमा गोदाम बनाएर कृषिजन्य उत्पादनहरु राति राति भारत र्पुयाउने गरिएको छ । सुरक्षा स्रोतहरूका अनुसार, आज बिहान छतौना क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका पाँचवटा सवारीसाधनमा रहेको खरबुजाको बिउ तथा अन्य सामानको स्वामित्वबारे समेत अनुसन्धान भइरहेको छ ।
प्रारम्भिक रूपमा बरामद सामान हरिऔन निवासी सन्तोष साह तथा बलरा नगरपालिका–स्थित हथिऔल निवासी तथा नेपाल प्रहरीका पूर्व वरिष्ठ हवल्दार राजमंगल सिंह, विजय यादवको भएको आशंका गरिएको छ । तर, यस विषयमा सम्बन्धित सुरक्षा निकायले आधिकारिक रूपमा कुनै पुष्टि गरिसकेको छैन । अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको बताइएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend