काठमाडौ । बिचौलिया दीपक भट्टको कम्पनीको करोड करोडका सेयर अपारदर्शी ढंगले खरिद गरेका गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्नुपर्ने माग जेनजी मुभमेन्ट नेपालले गरेको छ । जेनजी मुभमेन्ट, नेपालका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गरी पदमै रहँदा गृहमन्त्री गुरुङविरुद्ध लागेका गम्भीर आरोपको निष्पक्ष छानबिन हुन नसक्ने बताएका हुन् ।
गृहमन्त्री गुरुङमाथि उठेका गम्भीर आरोपहरूलाई लिएर हामी सरकारसँग कडा माग गर्दछौँ । उनलाई तत्काल बर्खास्त गरी पक्राउ गरियोस् । निष्पक्ष अनुसन्धान अघि बढाइयोस्,’, विज्ञप्तिमा भनिएको छ । ‘पदमै बसेर छानबिन गर्न सम्भव छैन । यो स्पष्ट रूपमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो । जसले न्याय प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउँछ । मन्त्री पदको ओहोदामा रहेर आफ्नैविरुद्ध छानबिन हुन सक्दैन। यो आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत छ ।’
जेनजी मुभमेन्टको वक्तव्यमा सरकारलाई मन्त्री नियुक्तिमा परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउन पनि आग्रह गर्दै हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र हटाउने प्रवृत्ति अस्वीकार्य रहेको उल्लेख गरिएको छ ।
गृहमन्त्री गुरुङले जेनजी आन्दोलनपछि अपारदर्शी रुपमा सेयरदेखि सम्पत्ति जोडेका तथ्य एकपछि अर्को गरी खुलिरहेका छन् । उनका बाबु दीलबहादुर गुरुङले गैंडाको खाग तस्करीमा संजाय भुक्तान गरिसकेको ब्यक्ति भएको तथ्य पनि खुलेको छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend