काठमाडौं । सरकारी विद्युतीय बोलपत्र(ई–बिडिङ) ह्याकिङ प्रकरणको संयुक्त अनुसन्धान गरिरहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र साइबर ब्यूरोले अहिलेसम्म ६ जना निर्माण ब्यवसायी पक्राउ गरिसकेको छ । आशिष निर्माण सेवाका अध्यक्ष ऋषिकेश गौलीलाई नियन्त्रणमा लिए पनि उनी अस्पतालमा प्रहरीकै निगरानीमा छन् । आशिषका अर्का संचालक निर्माण गौलीबिरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । उनी फरार छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ५ वटा प्याकेजको बोलपत्रमा आशिष निर्माण सेवा र भिमेश्वर ग्रुपले ह्याकरको सहयोगमा ई– प्रक्योपमेन्ट सिष्टममा अनधिकृत पहुँच पुर्याई ठेक्काका दररेट हेरफेर गरेको खुलेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले साईबर ब्यूरोलाई कारबाहीका लागि पत्र लेखेको थियो ।
साइबर ब्यूरो र सीआईबीले संयुक्त रुपमा छानबिन गर्ने क्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १० अर्बको ५ वटा प्याकेजमध्ये ३ वटा ठेक्का ह्याकरको मद्दत लिएर सिष्टममा अनधिकृत पहुँच पुर्याइ लिएको पाइएपछि आशिष निर्माण सेवाका संचालकद्वय ऋषिकेश गौली र निर्माण गौलीका बिरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । ऋषिकेश पक्राउ परिसकेका छन् भने निर्माण फरार छन् ।
आशिष काठमाडौं उपत्यका खानेपानी लिमिटेडका ५ वटै प्याकेजका बोलपत्रमा सीआईबीले अनुसन्धान गरिरहेको छ । खानेपानीका २ वटा प्याकेजको ठेक्का पाएको भिमेश्वर ग्रुपका बारेमा पनि अनुसन्धान भइरहेको सीआईबी स्रोत बताउँछ । ह्याकरको सहयोगमा ई–प्रक्योपमेन्ट सिष्टममा अनधिकृत पहुँच पुर्याएका भिमेश्वर ग्रुपका संचालक सहदेव खड्का आफ्नो कम्पनी ह्याकिङमा संलग्न छैन भन्दै हिंडिरहेका छन् ।

ह्याकर गिरोह परिचालन गर्ने कार्यमा भने निर्माण गौली रहेको आशंका गरिएको छ । ह्याकरहरुसँग मिलेर ठेक्का हत्याएको आशंकामा छानबिन भइरहेका भिमेश्वरका खड्का आफू चोखो बन्न गृहमन्त्री सुधन गुरुङ धादिङमा अनुगमनमा जाँदा उनलाई गुमराहमा पार्दै ब्रिफिङ गर्दै हिंडिरहेका छन् ।
भीमेश्वर ग्रुपका संचालक सहदेव खड्काले आफूले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको एउटामात्र प्याकेजमा टेण्डर बिड गरेको र आफ्नो कम्पनी ह्याकिङमा संलग्नै नभएको प्रतिक्रिया दिएका छन् ।
विद्युतीय बोलपत्र ह्याकिङ प्रकरणमा लहरो तान्दा पहरो नै आउने र थुप्रै ठूला निर्माण व्यवसायीहरू छानबिनको दायरामा आउने भएका छन् ।
तुँदी कन्ट्रक्सनका सुमन सुवेदी, समानान्तरका अच्यूतप्रसाद खरेलबिरुद्ध पनि ह्याकिङ गरेर ठेक्का लिएकोमा सार्वजनिक खरिद अनुगमन कार्यालय र सीआइबीमा उजुरी परेको छ ।
त्यसैगरी, बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का पनि आशिष निर्माण सेवा र रेलिगेयर कन्ष्ट्रक्सन जेभीले ईबिडिङ नै ह्याक गरेर लिएको आशंका गरिएको छ । समानान्तर ग्रुपका खरेल र रेलिगेयरका संचालक शेरबहादुर केसी साझेदार हुन् । यी दुई कम्पनी आयल निगमको पोखराको इन्धन डिपोदेखि अन्यत्र पनि साझेदार हुन् ।
सर्वोच्च अदालतको ठेक्का पनि चलखेलकै आधारमा समानान्तरले लिएको आरोप लाग्दैआएको छ ।
तुँदीका सुवेदीले लिएका हाइड्रो लगायतका बिभिन्न आयोजनाका ठेक्काका बिषमा पनि छानबिन भइरहेको सीआईबी स्रोत बताउँछ । नौबीसेदेखि मलेखुसम्मको सडक विस्तारको कामको जिम्मा पाएको शर्मा–लामा चिनियाँ कम्पनी जेभीको ठेक्काको बिषय पनि छानबिनको घेरामा परेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका ५ वटा प्याकेजसहितका अधिकांश ठेक्का ह्याकर गिरोहमा संलग्न ज्योति सुवेदी करोडौं रकम उठाएर फरार रहेको सूचना सीआईबीमा पुगिसकेको स्रोत बताउँछ । उनी र आशिषका निर्माण गौली अझै पक्राउ पर्न सकेका छैनन् । केही प्रहरीहरुले संरक्षण गरेका कारण गौलीको समूह पक्राउ पर्नबाट जोगिंदैआएको छ ।
भीमेश्वर ग्रुपको खण्डन
२०८३ बैशाख २ गते नेपालफेस डटकममा प्रकाशन गरिएको ‘१० अर्बको ठेक्का ह्याकिङमा मुछिएका गौली फरार, खड्का गृहमन्त्रीलाई ब्रिफिङ गर्दै’ शीर्षकको समाचारमा यस भिमेश्वर ग्रुप र यसका अध्यक्ष सहदेव खड्काबारेमा सीआईबीले अनुसन्धान भइरहेको भन्ने विषयमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त समाचारमा उल्लेख भए बमोजिम यस भिमेश्वर ग्रपले एडीबीको सहयोगमा आयोजना गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका व्याकेजहरुमध्ये २ वटा प्याकेजको ठेक्का नपाएको व्यहोरा जानकारी गराउदछौं ।
साथै ह्याकिङमा प्रकरणमा यस संस्था र संस्थाका अध्यक्षको कुनै पनि संलग्नता नरहेको र सो सम्बन्धी कुनै पनि अनुसन्धानमा नतानिएको जानकारी गर्दछौं । अतः कुनै आधिकारीक प्रमाणविना गलत समाचार अनलाइनमार्फत् सम्प्रेशण गरिएकोमा तुरुन्त समाचारको खन्डन गर्नुहुन अनुरोध गरिन्छ । साथै व्यक्तिगत मानमर्दन हुनेगरी सम्प्रेषण गरिएको समाचार खन्डन नगरिए उक्त नेपालफेसविरुद्ध काननी उपचार खोजिने जानकारी गरिन्छ । विवेक आचार्य, ब्यवस्थापक
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend