काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले ह्वाट्सएप ह्याक गरेर पैसा माग्ने क्रम बढेकाले त्यस्तो ठगीबाट जोगिन आग्रह गरेको छ ।
ब्यूरोले बिहीबार एक सूचना जारी गरी हाल नेपालमा ह्वाट्सएप ह्याक गरेर “म समस्या र अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्” वा “मेरो बैंकिङ एपमा समस्या आएर मैले पैसा पठाउन सकिरहेको छैन, तपाई यस क्यूआरमा पैसा पठाइदिनुहोस् भन्ने प्रकारका मेसेज नजिकका साथीभाइ लगायत आफन्तहरूलाई पठाई ठगी गर्ने घटनाहरू बढिरहेको जनाएको छ ।
यस्ता ठगीबाट जोगिनका लागि त्यस्ता मेसेजहरूमा तुरुन्त विश्वास नगर्न र सम्भव भएसम्म सो व्यक्तिलाई प्रत्यक्ष फोन गरेर पुष्टि गर्न अनुरोध गरेको छ ।
त्यसैगरी,शंकास्पद लिंक, कोड वा फाइल क्लिक र डाउनलोड नगर्न, टु स्टेप भेरिफिकेसन अनिवार्य रूपमा प्रयोग गर्न, आफ्नो ओटीपी भेरिफिकेसन कोड कसैलाई पनि नदिन, आफ्नो मोबाइल र एप्स नियमित रूपमा अपडेट गर्न ह्वाट्सएप वेव प्रयोग गरेपछि लगआउट गर्न पनि आग्रह गरेको छ ।

बुटवल । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका...
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend