काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले ह्वाट्सएप ह्याक गरेर पैसा माग्ने क्रम बढेकाले त्यस्तो ठगीबाट जोगिन आग्रह गरेको छ ।
ब्यूरोले बिहीबार एक सूचना जारी गरी हाल नेपालमा ह्वाट्सएप ह्याक गरेर “म समस्या र अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्” वा “मेरो बैंकिङ एपमा समस्या आएर मैले पैसा पठाउन सकिरहेको छैन, तपाई यस क्यूआरमा पैसा पठाइदिनुहोस् भन्ने प्रकारका मेसेज नजिकका साथीभाइ लगायत आफन्तहरूलाई पठाई ठगी गर्ने घटनाहरू बढिरहेको जनाएको छ ।
यस्ता ठगीबाट जोगिनका लागि त्यस्ता मेसेजहरूमा तुरुन्त विश्वास नगर्न र सम्भव भएसम्म सो व्यक्तिलाई प्रत्यक्ष फोन गरेर पुष्टि गर्न अनुरोध गरेको छ ।
त्यसैगरी,शंकास्पद लिंक, कोड वा फाइल क्लिक र डाउनलोड नगर्न, टु स्टेप भेरिफिकेसन अनिवार्य रूपमा प्रयोग गर्न, आफ्नो ओटीपी भेरिफिकेसन कोड कसैलाई पनि नदिन, आफ्नो मोबाइल र एप्स नियमित रूपमा अपडेट गर्न ह्वाट्सएप वेव प्रयोग गरेपछि लगआउट गर्न पनि आग्रह गरेको छ ।

काठमाडौं। सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend