काठमाडौं । विगतमा एमाले र नेपाली कांग्रेससहितका दलहरुको सरकारले कार्यकर्ता र आफन्त नियुक्ति गरेको भन्दै सामाजिक संजालमा अभियान संचालन गरेर दुई तिहाई बहमुत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नेतृत्त्वको् सरकारका मन्त्रीहरु अग्निपरीक्षामा छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य वीमा बोर्डको सदस्य नियुक्तिको बिषयले उनी पदमुक्त भभएका छन् । साहकी श्रीमतीलाई बोर्डमा पुनर्नियुक्ति गरेको बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता पनि रेडजोनमा परेकी छन् । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहले सचेत गराएका छन् ।
यसैक्रममा शुक्रबार बसेको रास्वपा संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले रास्वपाका सांसद र केन्द्रीय सदस्यहरूलाई अनावश्यक रुपमा भीड गर्न सिंहदरवार नजान निर्देशन दिएका छन् ।
बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफन्त र साथीभाईलाई नियुक्ति दिलाउन नलाग्न आफ्ना मन्त्री र सांसदहरूलाई निर्देशन दिएका थिए ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend