काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्चशिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले प्रवेश परीक्षा तयारी(इन्ट्रान्स प्रिपेरेसन) कक्षा एवम् ब्रिजकोर्षका नामका कार्यक्रमहरू सञ्चालन गर्न रोक लगाएको छ ।
आइतबार साँझ शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ब्रिजकोर्ष र प्रवेश परीक्षा तयारी (इन्ट्रान्स प्रिपेरेसन) कक्षा कार्यक्रम संचालनमा रोक लगाउँदा १२ कक्षादेखि उच्च शिक्षासम्म उल्लेख थियो । जसले गर्दा स्नातक तहको चिकित्सा शिक्षादेखि नर्सिङ, इन्जीनीयरीङ अध्ययन गर्न चाहने विद्यार्थीमा अन्योल छाएको थियो ।
स्नातक तहको चिकित्सा शिक्षा, इन्जिनियरिङ, विज्ञान प्रविधि लगायत संकायमा भर्ना तयारीका लागि संचालन भएका कोचिङ सेन्टर पनि बन्द भएको भ्रम धेरैमा परेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले २ घन्टापछि अर्को सूचना जारी गर्दै १२ कक्षासम्मका कोचिङमात्र आगामी २०८३ बैशाख १ गतेदेखि बन्द गरिएको जानकारी दिएका थिए । र, शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति बेबसाइटबाट हटाइएको थियो ।

शिक्षा मन्त्रालयका अधिकारीहरुले छलफलमा १२ कक्षा र स्नातक तहका तयारी कक्षाहरु बन्द गर्ने भनेअनुुसार नै सूचना प्रकाशित गरिएको बताउने गरेका छन् ।
एसईई परीक्षा पछि विज्ञान, व्यवस्थापन, ए लेभल लगायत विभिन्न विषयमा कक्षा ११ मा भर्ना हुन कोचिङ कक्षा सञ्चालन हुँदैआएको छ ।
शिक्षामन्त्री पोखरेलले कक्षा १२ सम्मका तयारी कक्षामात्र बन्द भएको जानकारी दिएपछि अब स्नातकको तयारी गरेका विद्यार्थीहरुमा फैलिएको भ्रम निवारण भएको छ ।
शिक्षामन्त्री पोखरेलले सूचना जारी गरेपछि शिक्षा मन्त्रालयले बेबसाइटबाट बिज्ञप्ति नै हटाएको छ ।

चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend