Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओडिसाको घटना समाधान नगरे भारतमा बिद्यार्थी पठाउन रोक्छौं : शिक्षा मन्त्रालय


    मंगलबार, फाल्गुन ६ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले भारतमा बिद्यार्थीलार्इ अध्ययन गराउन रोक्ने चेतावनी दिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थामा बिद्यार्थी पढ्न पठाउन रोक्ने चेतावनी दिएको हो ।

    मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओडिसास्थित कलिंगा इन्ष्टिच्यूट अफ  इन्ड्रष्टियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय, उडिसामा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि मन्त्रालयले भविष्यमा भारतका लागि एनओसी दिन रोक्ने चेतावनी दिएको हो ।

    ‘उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिक रुपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयले चेतावनीका साथ भनेको छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्ति

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार