काठमाडौं । भदौ २३–२४ गतेको आन्दोलन र बिध्वंशको बारेमा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदन एकांकी र पूर्वाग्रही भएको टिकाटिप्पणी सामाजिक संजालमा प्रकट हुन थालेका छन् ।
कार्की आयोगले भदौ २३ गते संसद भवन आक्रमण गर्न जानेहरुलाई गोली हान्नेलाई कारबाही गर्न सिफारिस गरेको छ । तर भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, बिशेष अदालतदेखि सबै सरकारी संरचना जलाएको बिषयमा मौन बसेको छ ।
भदौ २३ गते निषेधित क्षेत्र तोडेर संसद भवनमा आक्रमण गर्नेहरुलाई गोली चलाउनेलाई गोली हान्ने, आदेश दिने भनेर नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी अभियोगमा १० बर्ष कैद संजाय गर्न सिफारिस गरेको छ । तर भदौ २४ गते आफ्नै परमाधिपतिको कार्यालय सुरक्षा गर्न नसक्ने, सिंहदरबार सुरक्षा गर्न नसक्ने र समग्र सुरक्षा ब्यवस्था मिलाउन नसक्ने नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देललाई उन्मुक्ति दिएको छ । भदौ २४ को बिध्वंशको बारेमा केही पनि नबोलेकाले कार्की आयोग थप विवादमा परेको छ ।
नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा आयोगका सदस्य हुँदा पनि भदौ २४ मा प्रहरीमाथि लखेटी लखेटी कुटने र हत्या गर्नेहरुको बारेमा केही पनि उल्लेख छैन । प्रहरीचाहिँ नेपाली नागरिक होइनन् भन्ने प्रश्न उठेको छ । प्रहरीको हत्या गर्नेहरुलाई उन्मुक्ति दिइएको छ ।
यसैक्रममा नेकपा(एमाले)का नेता गोकुलप्रसाद बाँस्कोटाले कार्की आयोगले २४ गते विस्मृतिमा धकेल्न खोजे पनि संभब नभएको बताएका छन् ।
बाँस्कोटा लेख्छन्–‘इतिहासले जवाफ मागेका पात्र र प्रवृत्तिले कठघरामा उभिएर जवाफ त देलान नै । तर त्यो एक तर्फि हुन सक्दैन । र,घटनाहरुमा स्वतन्त्र कारण रहे पनि देखापरिसक्दा ती एक्ला हुदैनन् । कारण, परिणाम र प्रभाव मात्र हैन अर्को पक्ष पनि सँगै भएकै हुन्छ । कार्की आयोगले २४ गते विस्मृतिमा धकेल्न खोजे पनि संभब छैन ।’
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend