काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट ओखलढुंगाका नवनिर्वाचित सांसद विश्वराज पोखरेलले होटल रेष्टुरेन्टमा कार्यक्रम नगर्न आग्रह गरेका छन् । रास्वपाले ललितपुरको ग्वार्कोस्थित टुलिप होटलमा गएको मंगलबार २ दिने आवासीय अभिमुखीकरण कार्यक्रम राखेको थियो । जसको सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ ।
सामाजिक संजालमा होटलमा भएको कार्यक्रमको आलोचना भएपछि सांसद पोखरेलले पार्टीका आगामी दिनहरूमा हुने कार्यक्रमहरू होटल, रेष्टुरेन्टजस्ता स्थानहरूमा आयोजना नगर्न पुनः अनुरोध गरेका छन् ।
उनले काठमाडौं जस्ता स्थानमा ठूलो संख्याको उपस्थितमा कार्यक्रम सञ्चालन गर्न स्थान अभावको कारण पार्टी प्यालेसमा कार्यक्रम गर्नुपर्ने अवस्था भएमा कार्यक्रम सम्पन्न गर्ने दृष्टिकोणले मात्र यस्ता स्थान प्रयोग गर्न यसअघि नै अनुरोध गरिसकिएको पनि प्रष्ट पारेका छन् । पोखरेलले कार्यक्रम आयोजना गर्दा फूलमाला, खादाको प्रयोग गरी खर्चिलो नबनाउन समेत अनुरोध गरेका छन् ।
उनले सामाजिक संजालमार्फत् यस्तो अनुरोध गरेका हुन् । उनी लेख्छन्–‘आगामी दिनहरूमा हुने कार्यक्रमहरू होटल, रेष्टुरेन्टजस्ता स्थानहरूमा आयोजना नगर्न पुनस् अनुरोध गरिन्छ ।
काठमाडौं जस्ता स्थानमा ठूलो संख्याको उपस्थितमा कार्यक्रम सञ्चालन गर्न स्थान अभावको कारण पार्टी प्यालेसमा कार्यक्रम गर्नुपर्ने अवस्था भएमा कार्यक्रम सम्पन्न गर्ने दृष्टिकोणले मात्र यस्ता स्थान प्रयोग गर्न यसअघि नै अनुरोध गरिसकिएको छ । साथै, कार्यक्रम आयोजना गर्दा फूलमाला, खादाको प्रयोग गरी खर्चिलो नबनाउन समेत अनुरोध गरिन्छ ।’
काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend