काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि मिडियाबाजी र शक्तिकेन्द्र धाउने क्रम रोक्न सचेत गराएका छन् । धेरै सांसद मन्त्रीका लागि मिडियामाबाजीमा उत्रिएपछि उनले बुधबार टुलिप होटलमा प्रशिक्षण दिंदै मन्त्री हुनका लागि मिडियाबाजीमा नलाग्न चेतावनी दिएका हुन् ।
मन्त्री हुनका लागि मिडियामा आफ्नो बखान गराउन कतिपय सांसद तल्लीन भएपछि लामिछानेले त्यसो नगर्न निर्देशन दिएका हुन् । कांग्रेस, एमाले, नेकपा र मधेशवादी दल सरकारमा हुँदा पाउनुसम्म अवसर पाएका र कमाएर नवधनाढ्य भई रास्वपामा आएर चुनाव जित्ने र मन्त्री हुने, करोडौं कमाउने उद्देश्यले आएकाहरु रविको सम्बोधनपछि निराश भएको हुनुपर्छ । रविले रास्वपामा आएका त्यस्ता पात्रहरुलाई विगतकै प्रबृत्ति बोकेर नआउन चेतावनी पनि दिएका छन् ।
यो पनि पढ्नुहोस् :
मिडियामा भावी मन्त्रीका रुपमा सामाजिक संजालदेखि मिडियामा प्रशस्तिगान लेखाउनेमा भरत पराजुली, राजुनाथ पाण्डे, धनन्जय रेग्मी, हरिमोहन भण्डारी, गोविन्द पन्थी, सुनिल लम्साल लगायत छन् ।
पराजुली हाइड्रोपावर ब्यवसायी भए पनि ऊर्जामन्त्री हुन्छु भन्दै टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए । जबकि हाइड्रो ब्यवसायीलाई ऊर्जामन्त्री बनाउनु स्वार्थको द्वन्द्व हुने जगजाहेर छ । हाइड्रो ब्यवसायी दीपक खड्कालाई अघिल्लो सरकारले ऊर्जा मन्त्री बनाउँदा चर्को बिरोध भएको थियो ।
हरिमोहन भण्डारीले आफू जग्गा कारोबारी भएकाले भूमिब्यवस्था मन्त्री चलाउन सक्ने कुरा मिडियामा भनेका थिए । जग्गा ब्यवसायीलाई भूमिब्यवस्था मन्त्रालय दिंदा पनि स्वार्थको द्वन्द हुनेछ । जनताले अपार समर्थन दिएको रास्वपा सरकारले यस्तो स्वार्थ बाझिने मन्त्री नबनाउने कुरा रविको बुधबारको सम्बोधनबाट झल्किसकेको छ ।
त्यसो त मिडियाले सोविता गौतम, डा. तोसिमा कार्की, बिराजभक्त श्रेष्ठ, शिशिर खनालको नाम पनि मन्त्रीका रुपमा चर्चामा ल्याई नै रहेका छन् ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend