माथि बायाँबाट क्रमशः भरत पराजुली, धनन्जय रेग्मी, राजु पाण्डे, हरिमोहन भण्डारी, अमरेशकुमार सिंह, सुनिल लम्साल, सस्मित पोखरेल र गोविन्द पन्थी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झन्डै दुईतिहाई बहुमत ल्याएपछि उक्त पार्टीको नेतृत्त्वमा सरकार बन्दैछ । चुनावअघि नै भावी प्रधानमन्त्रीका रुपमा बालेन्द्र साहलाई अगाडि सारेको रास्वपाबाट मन्त्री हुनका लागि प्रत्यक्ष र समानुपातिकबाट जितेका सबैलाई रहर जागेको छ ।
सभापति रवि लामिछानेबाहेक प्रत्यक्षमा जितेका सबै सांसदलाई मन्त्री हुने रहर जागेको देखिन्छ । रास्वपाका धेरै सांसद त मन्त्रीका लागि मिडियाबाजीमा उत्रिएका छन् । मिडियामा भावी गृहमन्त्री भन्दै महानगर प्रहरीका पूर्व प्रमुख राजुनाथ पाण्डेले लेखाउँदैआएका छन् ।
महानगरमा हुँदा प्रहरी बलको दुरुपयोग गरी अथाह धन कलेक्सन गरेका पाण्डेपछि सिन्धुपाल्चोक १ बाट जितेका अरबपति भरत पराजुलीले ऊर्जामन्त्री आफूबाहेक हुनै नसक्ने प्रचार अनलाइनदेखि टेलिभिजनमा गराउने अभियान नै सुरु गरेका छन् । एमालेका नाममा जीरोपतिबाट लिनुसम्म लाभ लिएर अरबपति भएका र रास्वपामा छिरेका, जिलेटिनको ब्यापार हुँदै हाइड्रोपावरमा लागेका पराजुलीको काम नै भावी ऊर्जामन्त्रीको रुपमा मिडियाबाजी गर्ने हुँदैआएको छ ।
उनले चुनावमा ५० खोका जति खर्च गरेकाले उक्त लगानी उठाउन पनि मन्त्री हुनुपर्ने भन्दै मिडियातिर मन्त्री हुने प्रचारयुद्ध छेडेका छन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिनुपर्ने हाइड्रो माफियाहरु ऊर्जामन्त्रीका रुपमा प्रस्तुत गरिरहँदा विगतमा दीपक खड्काकै झल्को आउन थालेको छ । हाइड्रोका मालिक दीपक खड्कालाई ऊर्जामन्त्री बनाउँदा स्वार्थ बाझिने भन्दै चर्को बिरोध भयो । तर ब्रम्हायणीदेखि अर्को हाइड्रोका मालिक पराजुलीलाई ऊर्जामन्त्री बनाउँदा स्वार्थ बाझिँदैन त त भन्ने प्रश्न उठेको छ । यद्यपि उनी भने ऊर्जामन्त्रीका लागि साम, दामका साथ मिडियाबाजीमा उत्रिएका छन् ।
पर्यटन बोर्डको सीईओ हुँदा अनेक काण्डमा मुछिएका, भन्सारका नायबसुब्बालाई मदिराको नसाले धुत भएर कुटपीट गरेका अर्का अरबपति धनन्जय रेग्मी आफूलाई पर्यटन मन्त्रीको रुपमा मिडियामा लेख्न लगाइरहेका छन् । केही पर्यटन ब्यवसायीलाई समेत उनले सामाजिक संजालमा आफूलाई पर्यटन बुझेकाले मन्त्री बनाउनका लागि लबिङ गराइरहेका छन् । तर पर्यटन मन्त्रीमा बालेन्द्र साहले समानुपातिकबाट ल्याएका मिङ्माग्याबु शेर्पालाई बनाउने कतिपयको अनुमान छ ।
काठमाडौंबाट दोस्रोपटक जितेका बिराजभक्त श्रेष्ठ पनि पर्यटन मन्त्रीका प्रबल दाबेदारका रुपमा देखिएका छन् । त्यसो त गुल्मी १ बाट निर्वाचित गोविन्द पन्थीले श्रम तथा रोजगार मन्त्रीको रुपमा बिभिन्न मिडियामा प्रस्तुत गर्दैआएका छन् । उनले नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा बैदेशिक रोजगार पिलरमा काम गरेको अनुभव रहेकाले श्रम मन्त्री हुनुपर्ने दाबी मिडियामार्फत् प्रकट गरिरहेका छन् ।
प्रहरीको पूर्व अतिरिक्त महानिरीक्षक भएकाले अनुभवीका रुपमा केही मिडियाले विश्वराज पोखरेललाई समेत गृहमन्त्रीका रुपमा अगाडि सारेका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भित्रीयाका रुपमा लामो समयसम्म रजगज गरेका बैतडीका हरिमोहन भण्डारीले जग्गा प्लटिङको अनुभव भएकाले भूमिब्यवस्था मन्त्री आफूले पाउनुपर्ने दाबी चुनाव जित्नासाथ गरिसकेका छन् ।
बालेन्द्रले सांसदबाट मन्त्री नबनाउने, विज्ञहरुबाट बनाउने हल्ला मिडियामा आएपछि हरिमोहन भण्डारीले त्यसको बिरोध गरेका थिए । उनले सांसदबाटै मन्त्री बनाउनुपर्ने र आफू जग्गा कारोबारको अनुभवी भएकाले भूमिब्यवस्था मन्त्री बनाउनुपर्ने अभिब्यक्ति दिएका थिए । रास्वपामा मन्त्रीका लागि मिडियाबाजी गर्ने केही प्रतिनिधि उदाहरण हुन् ।
बालेन्द्रको कोरटीमले मन्त्रीको संख्या २५ बाट १५ मा झार्ने हल्लाखल्ला गरिरहेको अवस्थामा मन्त्री हुनेहरुको रहर कसरी पूरा होला भन्ने सवाल पनि खडा भएको छ । पार्टीको समानुपातिक सूचीमा सभापति लामिछाने र बरिष्ठ नेता बालेन्द्र साहबीच भागबण्डा भएजस्तै मन्त्रीका लागि पनि हुने निश्चित छ ।
बालेन्द्रले हिजो महानगरमा जसजसलाई विज्ञका रुपमा भर्ना गरेका थिए, ती मध्ये अधिकांशलाई महत्त्वपूर्ण मन्त्रालय जिम्मा दिने पक्षमा रहेका छन् । उनले प्रधानमन्त्रीको लागि अनुकूल टीम बनाउनुपर्ने भन्दै आफ्ना निकटस्थहरुमार्फत् त्यसको छनक पनि दिइसकेका छन् ।
बालेन्द्रले महानगरमा सबैभन्दा बढी विश्वास गरेका रुपन्देही १ बाट चुनाव जितेका सुनिल लम्साल, काठमाडौं ५ का सस्मित पोखरेल, प्यूठानबाट जितेका सुशान्त बैदिक, सप्तरी १ का खगेन्द्र कर्ण, कांग्रेस, स्वतन्त्र हुँदै बालेनसँग कनेक्सन मिलाएर अभिषेक सिंहको टिकट खोसी सर्लाही ४ बाट जितेका अमरेशकुमार सिंहलगायतको टीमलाई बनाउन खोजिरहेको चर्चा हुँदैछ ।
सभापति लामिछानेले कैदमुक्त हुनासाथ डा. स्वर्णिम वाग्लेलाई बजेट तयार गर्न निर्देशन दिएकाले अर्थमन्त्रीमा उनी पक्काजस्तै देखिन्छन् । त्यसो त बालेन्द्र प्रधानमन्त्री भएपछि गृहमन्त्री रविका विश्वासपात्र डोलप्रसाद अर्याल हुने लख काट्नेको संख्या पनि कम छैन । परराष्ट्रमन्त्रीमा भने शिशिर खनालको नाम लिन थालिएको छ । कानुन मन्त्री वा सभामुखमध्ये एक पदमा सोबिता गौतमको दाबी चुनाव प्रचारकै दौरान प्रकट भएको थियो । जातीय, क्षेत्रीय सन्तुलन समेत मिलाउनुपर्ने छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend