माथि बायाँबाट क्रमशः भरत पराजुली, धनन्जय रेग्मी, राजु पाण्डे, हरिमोहन भण्डारी, अमरेशकुमार सिंह, सुनिल लम्साल, सस्मित पोखरेल र गोविन्द पन्थी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झन्डै दुईतिहाई बहुमत ल्याएपछि उक्त पार्टीको नेतृत्त्वमा सरकार बन्दैछ । चुनावअघि नै भावी प्रधानमन्त्रीका रुपमा बालेन्द्र साहलाई अगाडि सारेको रास्वपाबाट मन्त्री हुनका लागि प्रत्यक्ष र समानुपातिकबाट जितेका सबैलाई रहर जागेको छ ।
सभापति रवि लामिछानेबाहेक प्रत्यक्षमा जितेका सबै सांसदलाई मन्त्री हुने रहर जागेको देखिन्छ । रास्वपाका धेरै सांसद त मन्त्रीका लागि मिडियाबाजीमा उत्रिएका छन् । मिडियामा भावी गृहमन्त्री भन्दै महानगर प्रहरीका पूर्व प्रमुख राजुनाथ पाण्डेले लेखाउँदैआएका छन् ।
महानगरमा हुँदा प्रहरी बलको दुरुपयोग गरी अथाह धन कलेक्सन गरेका पाण्डेपछि सिन्धुपाल्चोक १ बाट जितेका अरबपति भरत पराजुलीले ऊर्जामन्त्री आफूबाहेक हुनै नसक्ने प्रचार अनलाइनदेखि टेलिभिजनमा गराउने अभियान नै सुरु गरेका छन् । एमालेका नाममा जीरोपतिबाट लिनुसम्म लाभ लिएर अरबपति भएका र रास्वपामा छिरेका, जिलेटिनको ब्यापार हुँदै हाइड्रोपावरमा लागेका पराजुलीको काम नै भावी ऊर्जामन्त्रीको रुपमा मिडियाबाजी गर्ने हुँदैआएको छ ।
उनले चुनावमा ५० खोका जति खर्च गरेकाले उक्त लगानी उठाउन पनि मन्त्री हुनुपर्ने भन्दै मिडियातिर मन्त्री हुने प्रचारयुद्ध छेडेका छन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिनुपर्ने हाइड्रो माफियाहरु ऊर्जामन्त्रीका रुपमा प्रस्तुत गरिरहँदा विगतमा दीपक खड्काकै झल्को आउन थालेको छ । हाइड्रोका मालिक दीपक खड्कालाई ऊर्जामन्त्री बनाउँदा स्वार्थ बाझिने भन्दै चर्को बिरोध भयो । तर ब्रम्हायणीदेखि अर्को हाइड्रोका मालिक पराजुलीलाई ऊर्जामन्त्री बनाउँदा स्वार्थ बाझिँदैन त त भन्ने प्रश्न उठेको छ । यद्यपि उनी भने ऊर्जामन्त्रीका लागि साम, दामका साथ मिडियाबाजीमा उत्रिएका छन् ।
पर्यटन बोर्डको सीईओ हुँदा अनेक काण्डमा मुछिएका, भन्सारका नायबसुब्बालाई मदिराको नसाले धुत भएर कुटपीट गरेका अर्का अरबपति धनन्जय रेग्मी आफूलाई पर्यटन मन्त्रीको रुपमा मिडियामा लेख्न लगाइरहेका छन् । केही पर्यटन ब्यवसायीलाई समेत उनले सामाजिक संजालमा आफूलाई पर्यटन बुझेकाले मन्त्री बनाउनका लागि लबिङ गराइरहेका छन् । तर पर्यटन मन्त्रीमा बालेन्द्र साहले समानुपातिकबाट ल्याएका मिङ्माग्याबु शेर्पालाई बनाउने कतिपयको अनुमान छ ।
काठमाडौंबाट दोस्रोपटक जितेका बिराजभक्त श्रेष्ठ पनि पर्यटन मन्त्रीका प्रबल दाबेदारका रुपमा देखिएका छन् । त्यसो त गुल्मी १ बाट निर्वाचित गोविन्द पन्थीले श्रम तथा रोजगार मन्त्रीको रुपमा बिभिन्न मिडियामा प्रस्तुत गर्दैआएका छन् । उनले नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा बैदेशिक रोजगार पिलरमा काम गरेको अनुभव रहेकाले श्रम मन्त्री हुनुपर्ने दाबी मिडियामार्फत् प्रकट गरिरहेका छन् ।
प्रहरीको पूर्व अतिरिक्त महानिरीक्षक भएकाले अनुभवीका रुपमा केही मिडियाले विश्वराज पोखरेललाई समेत गृहमन्त्रीका रुपमा अगाडि सारेका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भित्रीयाका रुपमा लामो समयसम्म रजगज गरेका बैतडीका हरिमोहन भण्डारीले जग्गा प्लटिङको अनुभव भएकाले भूमिब्यवस्था मन्त्री आफूले पाउनुपर्ने दाबी चुनाव जित्नासाथ गरिसकेका छन् ।
बालेन्द्रले सांसदबाट मन्त्री नबनाउने, विज्ञहरुबाट बनाउने हल्ला मिडियामा आएपछि हरिमोहन भण्डारीले त्यसको बिरोध गरेका थिए । उनले सांसदबाटै मन्त्री बनाउनुपर्ने र आफू जग्गा कारोबारको अनुभवी भएकाले भूमिब्यवस्था मन्त्री बनाउनुपर्ने अभिब्यक्ति दिएका थिए । रास्वपामा मन्त्रीका लागि मिडियाबाजी गर्ने केही प्रतिनिधि उदाहरण हुन् ।
बालेन्द्रको कोरटीमले मन्त्रीको संख्या २५ बाट १५ मा झार्ने हल्लाखल्ला गरिरहेको अवस्थामा मन्त्री हुनेहरुको रहर कसरी पूरा होला भन्ने सवाल पनि खडा भएको छ । पार्टीको समानुपातिक सूचीमा सभापति लामिछाने र बरिष्ठ नेता बालेन्द्र साहबीच भागबण्डा भएजस्तै मन्त्रीका लागि पनि हुने निश्चित छ ।
बालेन्द्रले हिजो महानगरमा जसजसलाई विज्ञका रुपमा भर्ना गरेका थिए, ती मध्ये अधिकांशलाई महत्त्वपूर्ण मन्त्रालय जिम्मा दिने पक्षमा रहेका छन् । उनले प्रधानमन्त्रीको लागि अनुकूल टीम बनाउनुपर्ने भन्दै आफ्ना निकटस्थहरुमार्फत् त्यसको छनक पनि दिइसकेका छन् ।
बालेन्द्रले महानगरमा सबैभन्दा बढी विश्वास गरेका रुपन्देही १ बाट चुनाव जितेका सुनिल लम्साल, काठमाडौं ५ का सस्मित पोखरेल, प्यूठानबाट जितेका सुशान्त बैदिक, सप्तरी १ का खगेन्द्र कर्ण, कांग्रेस, स्वतन्त्र हुँदै बालेनसँग कनेक्सन मिलाएर अभिषेक सिंहको टिकट खोसी सर्लाही ४ बाट जितेका अमरेशकुमार सिंहलगायतको टीमलाई बनाउन खोजिरहेको चर्चा हुँदैछ ।
सभापति लामिछानेले कैदमुक्त हुनासाथ डा. स्वर्णिम वाग्लेलाई बजेट तयार गर्न निर्देशन दिएकाले अर्थमन्त्रीमा उनी पक्काजस्तै देखिन्छन् । त्यसो त बालेन्द्र प्रधानमन्त्री भएपछि गृहमन्त्री रविका विश्वासपात्र डोलप्रसाद अर्याल हुने लख काट्नेको संख्या पनि कम छैन । परराष्ट्रमन्त्रीमा भने शिशिर खनालको नाम लिन थालिएको छ । कानुन मन्त्री वा सभामुखमध्ये एक पदमा सोबिता गौतमको दाबी चुनाव प्रचारकै दौरान प्रकट भएको थियो । जातीय, क्षेत्रीय सन्तुलन समेत मिलाउनुपर्ने छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend